प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

सारांश

  • काठमाडाँै २९ मंसिर, वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिनुभएको छ ।
  • प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ ।
  • मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडाँै महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिनुभएको छ ।

काठमाडाँै २९ मंसिर, वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिनुभएको छ ।

प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ ।

मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडाँै महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिनुभएको छ ।

निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका उहाँ अहिले निर्वाचनको नतिजा आइसकेपछि आकांक्षीको रुपमा प्रस्तुत हुनुभएको छ । मुख्यमन्त्रीको रुपमा आकांक्षीको रुपमा शाक्य, स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाललगायत देखिनुभएको छ ।

उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहनुभएको छ । उहाँहरु अहिले आफू मुख्यमन्त्री बन्नका लागि दौडधूपमा रहनुभएको छ । एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गर्नुभयो ।

‘‘प्रतिनिधिसभामा नगई मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ’ उहाँले भन्नुभयो–‘‘सबै साथीले पनि मलाई अघि सार्नुभएको छ ।’’

प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । पोलिटब्यूरो सदस्य श्रेष्ठ आफू ३ नं प्रदेशको बारेमा जानकार रहेकोले आफू नै मुख्यमन्त्री बन्ने बताउनुभयो । उहाँले प्रदेशलाई नमूना बनाउनका लागि आफू नै योग्य भएको दाबी गर्नुभयो ।

‘‘प्रदेश बनाउनका लागि सजिलो र चुनौती दुवै रहेको छ’’ उहाँले भन्नुभयो–‘‘तर म ती सबैलाई मिलाउँदै प्रदेशलाई नमूना बनाउन सक्दछु ।’’

प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटाँैडा तोकिएको छ । काठमाडौँ महानगरका पूर्व प्रमुख स्थापितले आफूले काठमाडौँको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बताउनुभयो ।

“मसँग विकास निर्माणको दृष्टिकोण रहेको छ । यदि मुख्यमन्त्री पाए प्रदेश नं ३ लाई चाडै नै विकास गर्ने थिए’’ उहाँले भन्नुभयो । पार्टीले जिम्मेवारी दिए सफलतापूर्वक मुख्यमन्त्रीको भूमिका निभाउने उहाँको भनाइ छ । प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, काँग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक÷एक सिट जितेका छन् ।

प्रदेश नं ३ मा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोटल जिल्ला रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
पुस १३ गते आइतबारको राशिफल यस्तो छ
पुस १३ गते आइतबारको राशिफल यस्तो छ
बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने  नगरप्रमुख: उद्धवप्रसाद खरेल
बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने नगरप्रमुख: उद्धवप्रसाद खरेल
कति मुल्यमा छनौट भए सन्दिप र सोमपाल ग्लोबल टि-२० लिगमा ?
कति मुल्यमा छनौट भए सन्दिप र सोमपाल ग्लोबल टि-२० लिगमा ?
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
आइपीएलमा सन्दीपले देखाए क्षमता
आइपीएलमा सन्दीपले देखाए क्षमता

तपाईंले छुटाउनुभयो कि?