पहिरोको जोखिम अध्ययन शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पहिरोको जोखिम अध्ययन शुरु

सारांश

  • म्याग्दी, ९ पुस, स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ ।
  • बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राविधिक टोली ल्याएको हो ।
  • भूगर्भविद् सञ्जय देवकोटा, राजमार्ग विज्ञ सञ्जीतकुमार झा र वातावरणविद् पूर्णचन्द्रराल राजभण्डारीको टोलीले आइतबारदेखि स्थलगत अध्ययन शुरु गरेको शर्मा–गजुरमुखी कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताउनुभयो ।

म्याग्दी, ९ पुस, स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राविधिक टोली ल्याएको हो ।

भूगर्भविद् सञ्जय देवकोटा, राजमार्ग विज्ञ सञ्जीतकुमार झा र वातावरणविद् पूर्णचन्द्रराल राजभण्डारीको टोलीले आइतबारदेखि स्थलगत अध्ययन शुरु गरेको शर्मा–गजुरमुखी कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताउनुभयो ।

गुइठे, जलथले, काभ्रे, लेतेलगायत भुरुङ तातोपानीदेखि कोवाङसम्मको सडक वरपरको क्षेत्रमा पहिरोको जोखिमको बारेमा अध्ययन गरिने भएको हो । निर्माण कम्पनीले आफ्नै खर्चमा विज्ञ ल्याएर अध्ययन शुरु गरेको क्षेत्रीले बताउनुभयो ।

विज्ञ टोलीले दिने प्रतिवेदनको आधारमा आयोजनासँग समन्वय गरेर सडकको संरचना तयार पारिने क्षेत्रीको भनाइ छ । कालीगण्डकी नदीको पश्चिमी भागको किनारै किनार निर्माणाधीन सडक भिरालो, कमजोर भूगोल र तटीय क्षेत्र भएकाले पहिरो र कटानको जोखिममा छ ।

गत वर्षात्मा बाढी र पहिरोका कारण शर्मा–गजुरमुखी कम्पनीले काम गरिरहेको क्षेत्रमा रु पाँच करोड मूल्य बरारबको भौतिक क्षति पु¥याएको दाबी गरेको छ ।

भूगोल अनुकूल, वातावरणलाई असर नपुग्ने गरी संरचना बनाएर दिगो र क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राविधिक अध्ययन शुरु गरिएको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको सडकलाई कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ ।

मङ्सिर महीनादेखि सडक स्तरोन्नतिको लागि बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी आवतजावत रोकेर काम गर्ने व्यवस्था मिलाइएको छ । बिहान ७ः३० देखि दिउँसो ११ः३० बजेसम्म र दिउँसो २ः३० बजेदेखि ६ः३० बजेसम्म सवारी आवातजावत रोकेर सडक निर्माणको काम गरिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा उपनिर्वाचनका लागि दल दर्ता आह्वान
चितवनमा उपनिर्वाचनका लागि दल दर्ता आह्वान
सरकारले भिखारीलाई पनि तालिम दिदै  !
सरकारले भिखारीलाई पनि तालिम दिदै !
निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन
निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
सलमान खानलाई नेपाल ल्याउन नसकेपछि अायाेजक प्रहरी फन्दामा
सलमान खानलाई नेपाल ल्याउन नसकेपछि अायाेजक प्रहरी फन्दामा
कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो
कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो
कमल थापाले १५ कार्यकर्तालाई दिए राजनीतिक नियुक्ति, कहाँ–कहाँ ?
कमल थापाले १५ कार्यकर्तालाई दिए राजनीतिक नियुक्ति, कहाँ–कहाँ ?
म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई
म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ

तपाईंले छुटाउनुभयो कि?