नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली

सारांश

  • काठमाडौँ ।
  • आजदेखि शुरु भएको नयाँ कानुनको खुसीयालीमा महान्यायाधिवक्ता कार्यालयले देशभरका कार्यालयमा दीपावली गर्ने भएको छ ।
  • मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको बताएको छ ।

काठमाडौँ । आजदेखि शुरु भएको नयाँ कानुनको खुसीयालीमा महान्यायाधिवक्ता कार्यालयले देशभरका कार्यालयमा दीपावली गर्ने भएको छ । मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको बताएको छ ।

महान्यायाधिवक्ता कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि लागू हुन लागेको सन्दर्भमा पहिलो दिन देशव्यापीरूपमा दीपावली मनाउन लागेको उल्लेख छ ।

महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकिल कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालय, राजधानी काठमाडौँस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दीपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?