वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने

सारांश

  • काठमाडौं, १ भदौ ।
  • भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
  • वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै ज्ञवाली सहभागी हुन लागेका हुन् ।

काठमाडौं, १ भदौ । भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै ज्ञवाली सहभागी हुन लागेका हुन् ।

तीनपटकसम्म भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको शुक्रबार अपरान्ह अन्त्यष्टि हुँदैछ । वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन नेपाली कांग्रेसले कार्यवाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई पठाउने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?