गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ

सारांश

  • पोखरा ।
  • गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोवार शुभारम्भ गरेको छ ।
  • उल्लेखित शाखा सहित बैकको ५७ वटा शाखा कार्यालय भएका छन् ।

पोखरा । गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोवार शुभारम्भ गरेको छ । उल्लेखित शाखा सहित बैकको ५७ वटा शाखा कार्यालय भएका छन् ।

बैंकका सवै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा ABBS, ASBA ,ATM, SMS, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ ।

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. १८ अर्ब ३३ करोड , कर्जा तर्फ रु.१६ अर्ब ५१ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।

बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ASBA, ATM, SMS  बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?