पुरन्धारा झरनाको विकासका लागि काम गछौँ : मुख्यमन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
३१ पटक हेरिएको
Shares
पुरन्धारा झरनाको विकासका लागि काम गछौँ : मुख्यमन्त्री पोखरेल

सारांश

  • हापुरे, ११ चैत्र ।
  • मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको बिकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताएका छन् ।
  • बबई गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि योजना निर्माण गर्न आग्रह गरे ।

हापुरे, ११ चैत्र । मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको बिकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताएका छन् । बबई गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि योजना निर्माण गर्न आग्रह गरे ।

पर्यटन क्षेत्रबाट स्थानीय तहमा आर्थिक समृद्धि हुने भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि बबई गाउँपालिकालाई स्थानीय तहमा रहेका पर्यटकीय स्थलको बिकासमा ध्यान दिन आग्रह गरेका थिए । सधै अरुले काम गरोस् भन्ने चाहाना हुने भन्दै मुख्यमन्त्री पोखरेलले आफूबाट योजना निर्माण गरेर अरुबाट आश गर्न आग्रह गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारले सबै स्थानलाई न्यायोचित रुपमा विकासका पूर्वाधारलाई ध्यान दिने मुख्यमन्त्री पोखरेलले बताए । सबैले सरकारबाट अपेक्षा गर्ने भन्दै जनताले पनि गाउँठाउँको बिकासमा ध्यान दिन सकेमा बिकासको गतिले तीब्रता उल्लेख गरे ।

त्यस अवसरमा प्रदेशसभा सदस्य उत्तरकुमार वली, धमकली चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले पुरन्धारा झरना र समग्र बबई गाउँपालिकाको बिकासका लागि कार्यपत्र प्रस्तुत गरेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष सावित्रा बिश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्सलकुमार वलीले गरेका थिए । कार्यक्रममा बबई गाउँपालिकाका स्थानीयबासी, जनप्रतिनीधि, राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

(https://www.smallhandsbigart.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?