बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २९, २०७६
|
|
३३ पटक हेरिएको
Shares
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता

सारांश

  • काठमाडौं।
  • शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४३ जना पुगेको छ।
  •  नेपाल प्रहरीका अनुसार अविरल वर्षातसँगै आएको बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३र३ जना, धादिङ, झापा, सिन्धुलीमा २र२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १र१ जना गरी ४३ जनाको मृत्यु भएको हो।

काठमाडौं। शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४३ जना पुगेको छ। नेपाल प्रहरीका अनुसार अविरल वर्षातसँगै आएको बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३र३ जना, धादिङ, झापा, सिन्धुलीमा २र२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १र१ जना गरी ४३ जनाको मृत्यु भएको हो। मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेका छन्।

यस्तै ११०४ जना उद्दार गरिएको छ। बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १र१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रहरीले जनाएअनुसार घाईतेहरुको संख्या २० जना पुगेको छ। बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १र१ जना गरि २० जना घाईते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

उता सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३र३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १र१ जना गरि २४ जना बेपत्ता भएका छन्।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको प्रहरीले जनाएको छ। धादिङ बेनिघाटरोराङ गाउँपालिका–१० बादरेमोडस्थित पृथ्वी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पुर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका–२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका(९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका–२ स्थित तल्लो डुङ्गेश्वर, सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध हटाई बाटो खुलाईएको छ।

एकतर्फी सडक संचालनमा

यसैगरी रौतहट चन्द्रनिगाहापुर–२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका–४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका–९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अवरोध भएकोमा एकतर्फी बाटो खुलाईएको छ।

सडक संचालनमा ल्याउन प्रयास भईरहेको छ

कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ। जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य जारी छ।

परिचालित प्रहरी संख्या

काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश नम्बर १ मा ६ हजार ३ सय ५ जना, प्रदेश नम्बर २ मा ५ हजार ७ सय २ जना, प्रदेश नम्बर ३ मा ३ हजार ४ सय ५ जना, प्रदेश नम्बर ६ मा ३ हजार १ सय १२ जना गरी प्रभावित स्थानहरुमा कूल २७ हजार ३ सय ८० जना प्रहरी कर्मचारीहरू उद्धारमा खटिएका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?