करिश्मा कलेजमै व्यस्त
सारांश
- अचेल कलेज जान थालेकी छिन् करिश्मा मानन्धर ।
- त्यो पनि आफू जन्मिए हुर्किएको ठाउँ नजिकैको कलेज ।
- उनी गोदावरी नगरपालिकास्थित टौखेलको किटिनी उच्च माविमा ११ कक्षामा अध्ययनरत छिन् ।
अचेल कलेज जान थालेकी छिन् करिश्मा मानन्धर । त्यो पनि आफू जन्मिए हुर्किएको ठाउँ नजिकैको कलेज । उनी गोदावरी नगरपालिकास्थित टौखेलको किटिनी उच्च माविमा ११ कक्षामा अध्ययनरत छिन् । कलेजको पहिरनमा चिटिक्क परेर नियमित जाने आउने गर्छिन् । आफूहरुसँग लोकप्रीय नायिका पढ्न आएपछि विद्यार्थीहरु पनि उत्साही छन् ।
करिश्माले टौखेलमै घर बनाएकी छिन् । बिनोद मानन्धरसँग विवाह गरेपछि जग्गा खरिद गरी घर निर्माण गरिएको दुई दशक बितिसकेको छ । घर टौखेलको चोकमै छ । त्यहाँ करिश्मा विगत देखि नै आवतजावत गर्थिन् । करिश्माले यसैवर्ष एसईई उत्तीर्ण गरेकी हुन् । उनी राजनीतिमा लाग्दा कम पढेको भनी खिसी गरेपछि इशालु भएकी हुन् । उनले पीएचडी गर्ने धोकोका साथ कलेज पुगेकी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया