पूर्वसभामुख ढुङ्गानाले सभामुख महरालाई के भने ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
पूर्वसभामुख ढुङ्गानाले सभामुख महरालाई के भने ?

सारांश

  • काठमाडौं, २२ चैत ।
  • सभामुख कृष्णबहादुर महराले पूर्वसभामुख दमननाथ ढुङ्गानासँग भेटवार्ता गरेका छन् ।
  • सभामुख महराले आज (बिहीबार) बिहान बानेश्वरस्थित ढुङ्गानाकै कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।

काठमाडौं, २२ चैत । सभामुख कृष्णबहादुर महराले पूर्वसभामुख दमननाथ ढुङ्गानासँग भेटवार्ता गरेका छन् । सभामुख महराले आज (बिहीबार) बिहान बानेश्वरस्थित ढुङ्गानाकै कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।

भेटमा पूर्वसभामुख ढुङ्गानाले संघीय संसद प्रतिनिधि सभाको पहिलो सभामुखमा सर्वसम्मत भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । प्रतिनिधि सभाले अहिले उपयुक्त नेतृत्व पाएको पूर्वसभामुख ढुङ्गानाले बताए ।

“तपाईंको व्यक्तित्वअनुसार नै सुहाउने पद हो यो”, पूर्वसभामुख ढुङ्गानाले भने, “तपाईंले सत्तापक्ष र प्रतिपक्षलाई मिलाएर अगाडि लैजान सक्नुहुन्छ भन्ने विश्वास लिएको छु ।”

अब संसदलाई कस्तो बनाउने भन्ने कुरा सभामुखको हातमा रहेको भन्दै ढुङ्गानाले संसदलाई साँच्चिकै जनताको आवाज बोल्ने प्रतिनिधि संस्थाको रुपमा विकास हुनेमा आशा गरेको बताए ।

सो अवसरमा सभामुख महराले पूर्व सभामुख ढुङ्गानालाई विगतको अनुभवसहित सल्लाह, सुझाव र सहयोग गर्न अनुरोध गरेका थिए । २०४८ सालमा पहिलोपटक आफू सांसद हुँदाको स्मरण गर्दै सभामुख महराले भने, “मेरो पहिलो सभामुख नै तपाईं हो । तपाईंबाट मलाई धेरै सहयोग हुनेछ भन्ने आशा गरेको छु । तपाईंले विगतमा खेलेको भूमिका र अनुभवले मेरो जिम्मेवारी पूरा गर्न धेरै सजिलो हुन्छ भन्ने लागेको छ ।’

पूर्वसभामुख ढुङ्गानासँगको भेटघाटमा अधिकारकर्मीहरु पद्मरत्न तुलाधर, वीरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो
७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”
७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”
कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो
कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो
बलात्कार गर्न खोज्ने पक्राउ
बलात्कार गर्न खोज्ने पक्राउ
श्रीमती, साला र ससुरा मिलेर ज्वाँई लाइ कुटिकुटि मारेपछि… !
श्रीमती, साला र ससुरा मिलेर ज्वाँई लाइ कुटिकुटि मारेपछि… !
Nepali cricketers in ICC  ODI  ranking
Nepali cricketers in ICC ODI ranking

तपाईंले छुटाउनुभयो कि?