उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन

सारांश

  • प्योङयाङ, २४ भदौ।
  • उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।
  • उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनीया राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए ।

प्योङयाङ, २४ भदौ। उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनीया राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए ।

दोस्रो विश्वयुद्ध समाप्त हुनैलाग्दा कोरियाली द्वीपलाई बिभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया ९उत्तर कोरिया० स्थापना भएको घोषणा गरेका थिए ।एक्काइस तोपको सलामी पश्चात् कीम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकहरुमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियार सहितको मार्चपासलाई नेता कीम सहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए ।

नेता कीमसँगै चिनिया प्रतिनिधि एवं चिनीया कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए । उनीहरु दुबैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो ।मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कहरुको लाइन अघि बढेको थियो । आकाशमा सैनिक बिमानले आतिसबाजी देखाएका थिए । अन्त्यमा, क्षेप्यास्त्रहरु देखाइएको थियो । त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो ।

तर मार्चपासमा गत वर्ष पहिलोपटक परीक्षण गरिएका संयुक्तराज्य अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन ।“उत्तर कोरियाले सैनिक क्षमतालाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा देखाएको प्रतिबद्धता स्वागतयोग्य छ र यसलाई सबैले प्रोत्साहित गर्नु पर्दछ,” कोरिया जोखिम समूहका व्यवस्थापन निर्देशक चाड ओक्यारोलले भन्नुभयो ।

सैनिक मार्चपास सकिएलगत्तै हजारौं नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्ड सहित रंगीबिरङ्गी पहिरनमा प्रस्तुतीकरण गरेका थिए ।अप्रिलमा कीमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गर्नुभएको थियो । उहाँले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी पनि दिनुभएको थियो ।

(smallhandsbigart.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति
गायक प्रमोद खरेलले सम्झिए दिवगङ्त मन्त्री अधिकारीलाई
गायक प्रमोद खरेलले सम्झिए दिवगङ्त मन्त्री अधिकारीलाई
मनाङ सडक तीन साता बन्द हुने
मनाङ सडक तीन साता बन्द हुने
भरतपुर प्रकरणमा  आज फैसला आउने सम्भावना…….
भरतपुर प्रकरणमा आज फैसला आउने सम्भावना…….
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
निलम्बन विवाद मिलाउन सभामुखले भेटे ओली, देउवा र दाहाललाई !
निलम्बन विवाद मिलाउन सभामुखले भेटे ओली, देउवा र दाहाललाई !
कांग्रेस घोषणापत्रको मस्यौदा सुझावसहित पारित
कांग्रेस घोषणापत्रको मस्यौदा सुझावसहित पारित
दुईवटा ट्रक एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
दुईवटा ट्रक एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?
शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?