बलात्कार गर्न खोज्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बलात्कार गर्न खोज्ने पक्राउ

सारांश

  • धनगढी,१७ भदौ, कैलालीको धनगढी उपमहानगरपालिका वडा न ६ जालीमा  युवतीलाई बलात्कार गर्न खोज्ने एक जना युवालाई गाउले ले  नियन्त्रण लिएर प्रहरी लाई बुझाएका छन्।
  • १३ वर्षीया र १४ वर्षीया युवतीलाई बलात्कार गर्न खोज्ने सोही स्थानका २२ वर्षीय अनिल चौधरीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएपछि पक्राउ गरिएको छ।
  • स्थानीयको सूचनालगत्तै वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरीक्षक वकिलबहादुर सिंहको नेत्तृत्वमा गएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।

धनगढी,१७ भदौ, कैलालीको धनगढी उपमहानगरपालिका वडा न ६ जालीमा  युवतीलाई बलात्कार गर्न खोज्ने एक जना युवालाई गाउले ले  नियन्त्रण लिएर प्रहरी लाई बुझाएका छन्।

१३ वर्षीया र १४ वर्षीया युवतीलाई बलात्कार गर्न खोज्ने सोही स्थानका २२ वर्षीय अनिल चौधरीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएपछि पक्राउ गरिएको छ।

स्थानीयको सूचनालगत्तै वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरीक्षक वकिलबहादुर सिंहको नेत्तृत्वमा गएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।

तीन वर्ष अगाडि पनि पीडक चौधरीले जाली गाउमै एक घरमा गएर बलात्कारको प्रयास गरेका थिए। उक्त घटना गाउमै मिलापत्र गरी ढाकछोप गरिएको स्थानीयले बताएको छन्। बलात्कार गरेको भन्दै पीडक चौधरीलाई स्थानीयले कुटपीट गरी गाउँमै मिलाएका थिए।

एक जना युवती नुहाई रहेको र अर्की नुहाएको स्थान नजिकै बसिरहेका थिए। बसिरहेकी युवतीलाई खाना ल्याउन पठाएर नुहाई रहेकी युवतीलाई सुरुमा बलात्कार गर्न खोजेको र ती युवती चिच्याएपछि खाना लिन गएकी अर्की युवतीलाई समेत चौधरीले बलात्कार गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?