महिला र युवतीमार्फत युवालाई यसरी प्रयोग गरिँदै छ आतंकवादमा
सारांश
- एजेन्सी।
- पाकिस्तानको आतंकवादी समूहले युवालाई आफूप्रति आकर्षित गर्न नयाँ तरिका खोज्न थालेका छन्।
- आतंकवादी समूहले युवती र महिलामार्फत युवकलाई आतंकवादी गतिविधिमा संलग्न बनाउनलाई हनी ट्रयाप गरिरहेका छन्।
एजेन्सी। पाकिस्तानको आतंकवादी समूहले युवालाई आफूप्रति आकर्षित गर्न नयाँ तरिका खोज्न थालेका छन्। आतंकवादी समूहले युवती र महिलामार्फत युवकलाई आतंकवादी गतिविधिमा संलग्न बनाउनलाई हनी ट्रयाप गरिरहेका छन्। महिलालाई प्रयोग गरेर उनीहरुले युवालाई एक ठाउँबाट अर्को ठाउँमा हतियार पुर्याउन तथा घुसपैठकालागि गाइडका रुपमा प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। करिव दुई हप्तापहिला बान्दीपोरबाट पक्राउ परेकी एक महिलामार्फत सुरक्षाकर्मीले यो विषयमा जानकारी पाएका थिए।
इन्टेलिजेन्स बेस्ड अपरेशनमार्फत करिव १५ दिन पहिला बान्दीपोरबाट सईद शाजिया नामकी एक महिला पक्राउ परेकी थिइन्। उनी ३० वर्षकी हुन्। शाजियाले फेसबुक र इन्स्टाग्राम जस्ता शोशल नेटवर्किङ साइट्समा धेरै एकान्उट खोलेकी छन्। उनलाई धेरै युवाले फलो गरेका छन् र उनले ती युवालाई काम दिने गरेकी छन्। पाकिस्तानी सुरक्षाकर्मीका अनुसार उनी यी युवासँग कुरा गर्थिन् र उनीहरुसँग भेट गर्ने पनि बताउँथिइन्। इन्टेरोगेशनमा शाजियाले बताए अनुसार उनी जस्ता आतंकवादी समूहमा धेरै महिला संलग्न छन्। जसले युवालाई आतंकवादसँग जोडिना आकर्षित गर्छन्।
प्रहरीले शाजियालाई पक्राउ गर्नु पहिला २८ वर्षीया आसिया जानलाई लवयपोरबाट पक्राउ गरेको थियो। उनीबाट २० वटा ग्रिनेट पनि बरामद गरिएको थियो। प्रहरी अधिकारीका अनुसार शाजिया प्रहरी डिपार्टमेन्टका केही अफिसरसँग पनि नजिक थिइन्। जसलाई उनले डबल क्रस गरिरहेकी थिइन। ती प्रहरी अधिकृतबाट उनी जवानको गतिविधिका विषयमा जानकारी लिन्थिइन्। प्रहरी अधिकृतबाट जवानको गतिविधिका विषयमा जानकारी पाएपछि बोर्डरमा रहेका आफ्नो सदस्यलाई जानकारी दिन्थिइन्। गत वर्ष सेप्टेम्बरमा प्रहरीले एक एनकाउन्टरका क्रममा केही दस्तावेज फेदा पारेको थियो। उक्त दस्तावेजबाट एक महिलाले उत्तरी कश्मिरमा आतंकवादीलाई हतियार र गोली सप्ताइ गर्ने गरेको रहस्य खुलेको थियो। यो अप्रिलमा ती महिलाको पहिचान शाजियाका रुपमा भएको थियो।
प्रतिक्रिया