प्रदेश नं.२ को स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने—उपाध्यक्ष रावल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश नं.२ को स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने—उपाध्यक्ष रावल

सारांश

  • काठमाडौँ, २२ असार ।
  • नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले प्रदेश नं.
  • २ को स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।

काठमाडौँ, २२ असार । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले प्रदेश नं.२ को स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले जनमत एमालेको पक्षमा देखिएपछि सत्तारुढ दलले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन पछि सार्दै लगेको आरोप लगाउनुभयो ।

उपाध्यक्ष रावलले व्यवस्थापिका–संसद्मा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव राष्ट्रको हितमा नरहेकाले आफ्नो पार्टीले सो प्रस्तावलाई सहयोग नगरेको उल्लेख गर्दै जनताको भावनालाई सम्बोधन गर्ने गरी समय सापेक्ष हुने संविधान संशोधनमा आफ्नो पार्टी सकारात्मक रहेको बताउनुभयो ।

“ओली नेतृत्वको सरकारले विगतमा संविधान संशोधन गरेको थियो, त्यसैले हामी संशोधनका विरोधी हौइनौँ, मधेसमा एमालेलाई मधेस विरोधी भनेर जसरी चित्रण गरिएको छ, त्यसलाई मधेसका जनताले राम्रोसँग बुझेका छन्,” उहाँले भन्नुभयो– “निर्धारित समयभित्र प्रादेशिक र केन्द्रीय चुनाव सम्पन्न गर्न सरकारले निर्वाचनसम्बन्धी आवश्यक कानुनी व्यवस्था गर्न सक्नुपर्दछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?