भूमिगत अवस्थामै फिल्मको खोजीमा शिल्पा पोखरेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
भूमिगत अवस्थामै फिल्मको खोजीमा शिल्पा पोखरेल

सारांश

  • केहि महिना यता अभिनेत्री शिल्पा पोख्रेल सबैको चर्चा र बहसकोे विषय भएकी थिइन् ।
  • विवादपछि लामो समयसम्म मिडियाबाट टाढिएकी शिल्पा यतिबेला चलचित्रको खोजीमा छिन् ।
  • स्रोतका अनुसार शिल्पा चलचित्र अभिनयका लागि निर्माताहरुसँग फोन सम्पर्कमा आएकी हुन् ।

केहि महिना यता अभिनेत्री शिल्पा पोख्रेल सबैको चर्चा र बहसकोे विषय भएकी थिइन् । विवादपछि लामो समयसम्म मिडियाबाट टाढिएकी शिल्पा यतिबेला चलचित्रको खोजीमा छिन् । स्रोतका अनुसार शिल्पा चलचित्र अभिनयका लागि निर्माताहरुसँग फोन सम्पर्कमा आएकी हुन् । स्रोतले शिल्पा यति खेर श्रीमान् छविसँग छुटिएर बसेको र अब फिल्म खेल्ने तयारीमा रहेकी बताएका छन् ।

अभिनेत्री शिल्पाले निर्माता छवि ओझालाई आफुमाथि हिंसा भएको भन्दै उजुरी हालेकी थिइन् । शिल्पा आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा पाऊँ भनेर प्रहरीकोमा पुगेकी थिइन् । छवि र शिल्पाको विवादले बीच मै अर्काे मोड लिएको थियो । छविको पहिलो श्रीमतीले उनीहरु दुवैलाई बहुविवाहको उजुरी हालेपछि शिल्पा र छवि भूमिगत भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?