प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे

सारांश

  • काठमाडौं, ९ पुस ।
  • सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको विषयलाई लिएर आन्दोलित बन्दै आएका प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।
  • आन्दोलनका कार्यक्रमअन्तर्गत प्राध्यापकहरुले आज हातमा कालो पट्टी बाँधेर पढाएका छन् ।

काठमाडौं, ९ पुस । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको विषयलाई लिएर आन्दोलित बन्दै आएका प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत प्राध्यापकहरुले आज हातमा कालो पट्टी बाँधेर पढाएका छन् । यस्तै प्राध्यापकहरुले भोलि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउने साथै कुलपति र उपकुलपतिलाई समेत ज्ञापनपत्र पठाउने जनाएका छन् ।

यस्तै, बिहीबार जिल्लास्थित सांसद, राजनीतिक दलका प्रमुख, जनप्रतिनिधी, बुद्धिजीवि, अभिभावकलगायतको उपस्थितिमा खुला बहस तथा अन्तक्र्रिया गर्ने तय गरेका छन् ।
क्याम्पस प्रमुखले प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेकाले दवावमूलक आन्दोलन जारी राख्ने प्राध्यापक संघका सचिव देवसिंह नाथले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?