नक्सा पास नगरी घर बनाउनुभएको छ ? छ भने महानगरमा निवेदन दिनुस्

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
४५ पटक हेरिएको
Shares
नक्सा पास नगरी घर बनाउनुभएको छ ? छ भने महानगरमा निवेदन दिनुस्

सारांश

  • शिखरन्युज, ९ असार – काठमाडौं महानगरभित्र तपाइँको नक्सा पास नगरी घर बनेको छ ?
  • यदि छ भने चिन्ता नमान्नुस् काठमाडौँ महानगरपालिकाले नक्सा पास नभएका घर, भवनका पास गर्ने अवसरस्वरुप विशेष व्यवस्था शुरु गरेको छ ।
  • बनिसकेका तर नक्सा पास गर्ने प्रक्रिया नपुगेका निजी तथा सार्वजनिक भवनलाई नक्साअनुरुप बनाउन विशेष व्यवस्था ल्याएको कामपाले बताएको छ ।

शिखरन्युज, ९ असार – काठमाडौं महानगरभित्र तपाइँको नक्सा पास नगरी घर बनेको छ ? यदि छ भने चिन्ता नमान्नुस् काठमाडौँ महानगरपालिकाले नक्सा पास नभएका घर, भवनका पास गर्ने अवसरस्वरुप विशेष व्यवस्था शुरु गरेको छ ।

बनिसकेका तर नक्सा पास गर्ने प्रक्रिया नपुगेका निजी तथा सार्वजनिक भवनलाई नक्साअनुरुप बनाउन विशेष व्यवस्था ल्याएको कामपाले बताएको छ । महानगर इन्जिनियरका अनुसार धेरै घर नक्सा पास नगरी बनाइएका छन् । नक्सा पास नगरी बनाइएका घरमध्ये केही महानगरको नियमअनुरुप भएको र नक्सा पास नभएको भेटिएपछि व्यवस्था गरेको हो ।

नगरवासीका लागि घर बनाउने एउटा मौकाका रुपमा विशेष व्यवस्था ल्इाइएकोले मौकाको सदुपयोग गर्दै नक्सा पास गर्न आग्रह गरेको छ । नगरवासीको घर नक्साविहीन हुने भएकाले यस्तो व्यवस्था गरिएकाले एक महिनाभित्र नक्सा पास नभएका घरधनीले विवरणसहित महानगरपालिकामा निवेदन दिनुपर्नेछ ।

नगरवासीको सेवालाई मध्यनजर गर्दै कामपाले केही दिनअघि विवरणसहित निवेदन पेश गर्नका लागि ३५ दिने सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?