भक्तपुरमा डुबानमा परी ३ जनाको मृत्यु, अस्पताल समेत डुबानमा, खोला आसपासका बासिन्दा विस्थापित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
भक्तपुरमा डुबानमा परी ३ जनाको मृत्यु, अस्पताल समेत डुबानमा, खोला आसपासका बासिन्दा विस्थापित

सारांश

  • भक्तपुर २८, असार – हिजो रातिदेखि लगातार परेको भीषण पानीका कारण भक्तपुर डुबानमा पर्दा ३ जनाको मृत्यु भएको छ।
  • खोलाको बाढी पसेर डुबानमा परी चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा रहेको अस्थायी टहरामा रहेका ३ जनाको मृत्यु भएको हो ।
  • मत्यु हुनेहरुको नाम, ठेगाना भने खुलिसकेको छैन ।

भक्तपुर २८, असार – हिजो रातिदेखि लगातार परेको भीषण पानीका कारण भक्तपुर डुबानमा पर्दा ३ जनाको मृत्यु भएको छ।

खोलाको बाढी पसेर डुबानमा परी चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा रहेको अस्थायी टहरामा रहेका ३ जनाको मृत्यु भएको हो । मत्यु हुनेहरुको नाम, ठेगाना भने खुलिसकेको छैन । डुबानमा परेर जनजीवन प्रभावित भैरहेको बेला उद्दर कार्य तीव्र तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

अस्थायी टहरा बनाइ बसिरहेका भूकम्प प्रभावित समुदाय बढी जोखिममा परेका छन् । डुबानबाट पूरै जनजीवन अस्तव्यस्त भएको छ । अस्पताल समेत डुबानमा पर्दा उपचारत बिरामी, चिकित्सक आवतजावतमा समेत समस्या परेको छ । 

गएरातीदेखि परेको अविरल वर्षाका कारण विहान ३ बजेदेखि खोला आसपासका क्षेत्रमा बाढी पसेर डुबान भएपछि खोला छेउछाउका बासिन्दा विस्थापित भएका छन्। लगातार पानी परेका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आउँदा आसपासका क्षेत्र डुबानमा परेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Rk Thapa Magar

    के गने सस्तो भनेर खोला नजिक जग्गा किनेपछि यस्तै हुनछ ,जनचेतना को लागि शेर गरेो ।

    Comment Author

    Prakash K Shrestha

    Omg

    Comment Author

    Sunil Love Ratna

    अब घर घर मा पानीजहाज ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?