टिकटक प्रतिबन्धविरुद्ध १० रिट

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०८०
|
|
३३ पटक हेरिएको
Shares
टिकटक प्रतिबन्धविरुद्ध १० रिट

सारांश

  • काठमाडौ।
  • नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।
  • मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो ।

काठमाडौ। नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् भने उक्त विवादको सुनुवाइ यही मङ्सिर ४ गतेका लागि तय गरिएको छ ।

सरकारको उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो ।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता
कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
कमिसन बढाउन माग गर्दै व्यवसायीले उठाउन छोडे पेट्रोलियम पदार्थ
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा
३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा
बिहानीपख हुने यौन सम्बन्धका फाइदाहरू
बिहानीपख हुने यौन सम्बन्धका फाइदाहरू