जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस

सारांश

  • दोलखा, २४ साउन ।
  • जिल्ला समन्वय समिति दोलखामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
  • ९ स्थानीय तहमध्ये ७ ओटामा जित हासिल गरेको एमालेले आज भएको निर्वाचनमा सानदार जित हासिल गरेको हो ।

दोलखा, २४ साउन । जिल्ला समन्वय समिति दोलखामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । ९ स्थानीय तहमध्ये ७ ओटामा जित हासिल गरेको एमालेले आज भएको निर्वाचनमा सानदार जित हासिल गरेको हो ।

हार निश्चित भएपनि कांग्रेस र माओवादीले जिल्ला समन्वय समितिमा एमालेलाई सर्वसम्मत चयन हुन दिएको थिएन । आज भएको निर्वाचनमा एमालेले अघि सारेका पार्टी उपसचिव डवल पाण्डे प्रमुख र मनमाया जिरेल उपप्रमुख निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा आइती तामाङ, कमलकुमारी कार्की, गिता पोखरेल, मुरारीराज शिवाकोटी, युवराज घतानी, विदुर शर्मा र जित बहादुर श्रेष्ठ बिजयी भएका छन् ।

विजयीपछि चरिकोटमा विजयी जुलुस निकालिएको छ । जुलुसमा एमाले नेता कार्यकर्ता सहभागी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?