नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
४२ पटक हेरिएको
Shares
नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग

सारांश

  • काठमाडौं ।
  • कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ ।
  • मंगलवार काठमाडौंमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली पर्यटन उद्यमी समाजले अनुकुल मौसम हुँदापनि दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने निर्णय गरिएको भन्दै सो निर्णय तत्काल सच्याउन नागरिक उड्डयन प्राधिकरणसँग माग गरेको हो ।

काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ ।

मंगलवार काठमाडौंमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली पर्यटन उद्यमी समाजले अनुकुल मौसम हुँदापनि दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने निर्णय गरिएको भन्दै सो निर्णय तत्काल सच्याउन नागरिक उड्डयन प्राधिकरणसँग माग गरेको हो ।

प्राधिकरणको सो निर्णयले कर्णालीका आम जनता, विद्याथी, कर्मचारी, पर्यटक तथा दैनिक उपभोग्य सामग्रीको ओसार–पसारमा समस्या भएको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए । मौसम अनुकुल भएको बेलामा दिनभर उडान गर्न सक्नेगरी निर्णय गरिदिनुपर्ने उनले बताए । त्यसैगरी हवाई टिकटमा १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था हटाउन पनि समाजले माग गरेको छ । कर्णालीका नागरिकहरुको हवाई सेवा बाहेक अरु विकल्प नभएको भन्दै अध्यक्ष रोकायाले बिरामी, शव, खाद्यान्न सामग्रीमा समेत कर तिर्नुपर्ने बाध्यतालाई हटाउन सरकार समक्ष माग गरिएको बताए ।

त्यसैगरी भारतीय पर्यटकहरुलाई नेपाली बाटो हुम्लाको हिल्सा हुँदै मानसरोबरसम्म जान दिनका लागि चिन सरकारसँग कुटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ । अध्यक्ष रोकायाले कर्णालीका हिमालहरु पहिचान गरी पर्यटकहरुलाई आरोहणका लागि खुला गर्नुपर्ने बताए । कर्णालीको समग्र विकासका लागि रारा पर्यटन विकास प्राधिकरण वा कर्णाली विकास बोर्डको स्थापना गर्नुपर्ने पनि उनको भनाई छ । त्यस्तै कर्णालीमा सेवा दिँदै आएका बिमान कम्पनीहरुलाई हवाई इन्धन, ल्यान्डिङ, पार्किङ र करमा विशेष छुट दिई सहुलियत भाडा दर कायम गराउनुपर्ने पनि माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई
बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई
कपिल शर्मा शो इन्कार गर्ने यी चार सेलिब्रेटी
कपिल शर्मा शो इन्कार गर्ने यी चार सेलिब्रेटी
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
नवराज सिलवाल नै आइजी हुने पक्का…
नवराज सिलवाल नै आइजी हुने पक्का…
1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet.co
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
रवि लामिछानेको थुनछेक बहस कास्की जिल्ला अदालतमा सुरु, धरौटीमा छुट्लान्?
रवि लामिछानेको थुनछेक बहस कास्की जिल्ला अदालतमा सुरु, धरौटीमा छुट्लान्?
मधेस प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच सहमति
मधेस प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच सहमति
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल

तपाईंले छुटाउनुभयो कि?