मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा (भिडियाे)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा  (भिडियाे)

सारांश

  • काठमाडौँ, १ साउन।
  •  रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्र  ‘मालिका’को पहिलो गीत सार्वजनिक भएको छ ।
  • कर्णाली प्रदेश अनतर्गत  जाजरकोट दरबारमा छायाङ्कन गरिएको ‘हल्का माया के माया’ बोलको गीत  सार्वजनिक भएकाे हाे।

काठमाडौँ, १ साउन। रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्र  ‘मालिका’को पहिलो गीत सार्वजनिक भएको छ । कर्णाली प्रदेश अनतर्गत  जाजरकोट दरबारमा छायाङ्कन गरिएको ‘हल्का माया के माया’ बोलको गीत  सार्वजनिक भएकाे हाे।

गीतको भिडियोमा नायिका, निर्मात्री तथा निर्देशक थापा र यही चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी कमला ओलीको नृत्य तथा अभिनय रहेकाे छ । थापा र अाेली संगै साथमा १ सय जना भन्दा धेरै कोरसले कम्मर मर्काएका छन्। सुदूर पश्चिमेली शैलीका यो गीतको भिडियोलाई  रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। चलचित्रलाई गोपाल कायस्थले वितरण गर्नेछन्।

रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई रेखा थापाकै आमा सरस्वती थापाले निर्माण गर्दैछिन्। नरबहादुर कार्कीको कार्यकारी निर्माण रहेको चलचित्रमा बालविवाह र महिला हिंसाको कुरालाई उठान गरिएको छ। चलचित्र कार्तिक २१ गते (लक्ष्मीपुजाको दिन)बाट प्रदर्शनमा आउदैँछ।

सुरेश अधिकारीको सङ्गीतमा रहेको उक्त गीतमा अन्जु पन्तको स्वर रहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?