भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको, जवाफमा ‘सिक्किम कार्ड’ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
२० पटक हेरिएको
Shares
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको,  जवाफमा ‘सिक्किम कार्ड’ ?

सारांश

  • भारतले चीनविरुद्ध दलाई लामालाई प्रयोग गरेर ‘तिब्बत कार्ड’ खेलिरहेको र त्यो कार्ड काम नलाग्ने भइसकेको भन्दै चिनियाँहरुले अब सिक्किमको स्वतन्त्रतालाई सघाउनुपर्ने नयाँ तर्क गर्न थालेका छन् ।
  • सिक्किमको पूर्व र भुटानको पश्चिम भागमा एउटा लामो चोसो परेको भूमि छ, जसलाई चीनले आफ्नो दाबी गर्दै आएको छ र त्यहाँ उसले सडक विस्तार गरिरहेको छ ।

भारतले चीनविरुद्ध दलाई लामालाई प्रयोग गरेर ‘तिब्बत कार्ड’ खेलिरहेको र त्यो कार्ड काम नलाग्ने भइसकेको भन्दै चिनियाँहरुले अब सिक्किमको स्वतन्त्रतालाई सघाउनुपर्ने नयाँ तर्क गर्न थालेका छन् ।।

सिक्किमको पूर्व र भुटानको पश्चिम भागमा एउटा लामो चोसो परेको भूमि छ, जसलाई चीनले आफ्नो दाबी गर्दै आएको छ र त्यहाँ उसले सडक विस्तार गरिरहेको छ । तर, भारतले उक्त भूमि चीनको नभएको भन्दै आपत्ति जनाएको छ ।

भारत हुँदै तिब्बत प्रवेश गर्ने नाथुला पास पनि यही क्षेत्रमा पर्ने र भारत-चीन व्यापारिक मार्ग ‘सिलिगुडी कोरिडोर’ सँग यो स्थलमार्ग जोडिने भएकाले भारतले यो बाटोलाई सामरिक महत्वसँग जोडेर हेर्ने गरेको छ ।
तर, अब यो विवाद भारत र चीनवीचको द्वीदेशीय सीमा विवादमा मात्रै सीमित नरही यसमा भुटान र सिक्किमको सार्वभौमिकताको प्रश्नसमेत जोडिन थालेको छ ।

भारतले साना हिमालयन राष्ट्रमाथि थिचोमिचो गरिरहेको भन्दै चीनले अब भुटानसँग पनि कूटनीतिक सम्बन्ध विस्तार गर्नुपर्ने र भारतीय हस्तक्षेपबाट सिक्किम र भुटान दुबैलाई मुक्त राख्नुपर्ने बहस सुरु गरेका छन् ।

चीनको चर्चित पत्रिका ग्लोबल टाइम्सले सम्पादकीय नै लेखेर अब चीनले सिक्किमका विषयमा लिँदै आएको पूर्वअडान परिवर्तन गर्न आफ्नो सरकारलाई सुझाव दिएको छ । उसले भुटानसँग कूटनीतिक सम्बन्ध विकास गर्न चिनियाँ सरकारलाई भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?