काठमाडौंमा थपिए ७५५ कोरोना संक्रमित, ४५७ जना कोरोना संक्रमण मुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ८ असोज ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन ७५५ सय जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १४ सय ९७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७ सय ५५ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, ८ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ७५५ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४ सय ९७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७ सय ५५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ४ सय १४ जनाको पिसीआर परिक्षणमा १४ सय ९७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ४५७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५० हजार ४ सय ११ रहेको छ । काठमाडौं उपत्यकामा ७५५ थपिएका मध्ये काठमाडौंका ६०९ जना र ललितपुरका ९५ जना र भक्तपुरका ५१ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६९ हजार ३ सय १ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?