मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने

सारांश

  • काठमाडौं असार १३ – निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि अन्य सरकारी कागजातलाई पनि मान्यता दिने भएको छ ।
  • मतदाता परिचयपत्रसम्बन्धमा असार १२ गतेको निर्णयअनुसार मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय भएको आयोगले विज्ञप्ती मार्फत जनाएको हो ।
  • दोस्रो चरणको स्थानीय तहको चुनावका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको हो ।

काठमाडौं असार १३ – निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि अन्य सरकारी कागजातलाई पनि मान्यता दिने भएको छ ।

मतदाता परिचयपत्रसम्बन्धमा असार १२ गतेको निर्णयअनुसार मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय भएको आयोगले विज्ञप्ती मार्फत जनाएको हो । दोस्रो चरणको स्थानीय तहको चुनावका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको हो ।

फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन आयोगले सम्बन्धित सबैलाई जानकारीसमेत गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?