अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ३२, २०७७
|
|
४१ पटक हेरिएको
Shares
अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

सारांश

  • कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।
  • उक्त अनुमति प्राप्तसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौँ प्रशासनमा पठाउनु पर्नेछ ।

कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । उक्त अनुमति प्राप्तसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौँ प्रशासनमा पठाउनु पर्नेछ ।

उक्त निवेदनमाथि काठमाडौँ प्रशासनले सङ्क्रमणको जोखिम विष्लेषण र यात्रा औचित्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशनबमोजिम उक्त व्यवस्था गरिएको जनाएको छ ।

काठमाडौँबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ ।

काठमाडौँ जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास भने हाललाई बन्द गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, ५ नम्बर प्रदेशको आर्थिक सामाजिक स्थितिपत्र
यस्तो छ, ५ नम्बर प्रदेशको आर्थिक सामाजिक स्थितिपत्र
उद्यमी बन्न चाहनेलाई सरकारले बिना धितो ऋण दिने
उद्यमी बन्न चाहनेलाई सरकारले बिना धितो ऋण दिने
कोमाबाटै अवकाश पाउँदै डिआइजी राजेन्द्रमान श्रेष्ठ
कोमाबाटै अवकाश पाउँदै डिआइजी राजेन्द्रमान श्रेष्ठ
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
नारायणकाजी श्रेष्ठले स्वीकारे हार
नारायणकाजी श्रेष्ठले स्वीकारे हार
उदयपुरमा मृगलाई हानेको गोली आफ्नै साथीलाई लागेपछि‘
उदयपुरमा मृगलाई हानेको गोली आफ्नै साथीलाई लागेपछि‘
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
कांग्रेस महासमितिकाे बैठकमा भाग लिन अाउनेलाई आवास सुविधा नदिने !
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?