नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
४५ पटक हेरिएको
Shares
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए

सारांश

  • पाल्पा—जिल्लाका प्रमुख तीन दलले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेका छन्।
  • नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन्।
  • दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य तीन दलले प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गरेका हुन्।

पाल्पा—जिल्लाका प्रमुख तीन दलले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन्। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य तीन दलले प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गरेका हुन्।

नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी, विष्णुमाया ढकालको नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ सन्दीप रानाको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ हरिप्रसाद नेपाल, राजनप्रसाद पन्त, वीरबहादुर राना र डा. रामप्रसाद ज्ञवालीको नाम सिफारिस भएको छ। समानुपातिक तर्फ विद्यान श्रेष्ठ, वसन्ती घिमिरे, जमिला मिया, शोभा शाक्य, शान्ता बोहोरा, अम्बिका पौडेल, शारदा नेपालको नाम सिफारिस गरिएको सचिव झपेन्द्र गहिरेले बताए ।

कांग्रेसले प्रदेश सभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ को १ नम्बरबाट जिल्ला उपसभापति देवराज ढकालको नाम सिफारिस भएको छ। समानुपातिकमा ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भटराई र रुपा विकलाई सिफारिस गरिएको छ। प्रदेश सभाको १ को २ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फ दानबहादुर पछाई, शंकर खनाल र विजया भट्टराई र समानुपातिकमा बिष्णुकुमार थापा, कृष्ण भट्टराई, डिल्लीराज रेग्मीको नाम सिफारिस गरिएको छ। यस्तै, क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सुनिता अधिकारी, यमलाल तिमिल्सेना, माधव नेपाल, रामेश्वर पन्थी, हिमालदत्त श्रेष्ठ, सरस्वती बस्याल, रमा पन्त र प्रदीप उदयको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ अजयमान कर्माचार्य, लालकुमारी राना, अम्बिका भट्टराई, गंगा पौड्याल, चकोरमान शाक्य, कृष्णबहादुर राना, कोपिला कार्की, जनक गाहा, झपेन्द्र गहिरे, दलबहादुर राजपुत, दमबहादुर कार्की, पदम बस्याल, पोषकान्त बस्याल, विष्णुबहादुर गाहा, महेश्वरी कुंवर, महेन्द्र खाती, माधव न्यौपाने, मुक्तिराम बस्याल, मोहनप्रसाद श्रेष्ठ र यादवसिंह कार्कीको नाम सिफारिस भएको जिल्ला सभापति वीरबहादुर रानाले बताए।

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ विमल ढकाल, जुद्धबहादुर थापा, विनोद कार्की, लक्ष्मण रायमाझी, हिराधर आचार्य, शंकर रायमाझी, हरिलाल पोखरेल, ओमप्रसाद पोखरेल, खड्गबहादुर कुंवर, पदम न्यौपाने, मदन आचार्य, रामचन्द्र पाण्डेय, रामबहादुर कार्की, लक्ष्मण खनाल, लक्ष्मण हिताङ्ग, सीतादेवी पोखरेल, हरिलाल पोखरेलको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ सीता नेपाल, अमरबहादुर थापा, कान्ता अधिकारी, गिरिजा गैरे, दिवाकर अर्याल, धनबहादुर रायमाझी, नलबहादुर राना, माया खनाल, लक्ष्मी गैरेको नाम सिफारिस गरिएको रानाले बताए।

नेकपा एमालेले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ दलबहादुर रानाको नाममात्र सिफारिस गरेको छ भने क्षेत्र नं. २ बाट सोमप्रसाद पाण्डे, ठाकुर गैरे, धनेन्द्रराज घिमिरे, यादवबहादुर रायमाझी र गणेश बस्यालको नाम सिफारिस गरेको छ। क्षेत्र नं. १ मा समानुपातिकतर्फ एकप्रसाद भण्डारी, टंक खनाल, कुबिजा अर्याल, इन्द्रा गहतराज, ठाकुर लोहागुन र मिनप्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. २ मा समानुपातिकतर्फ देवीलाल लामिछाने, उर्मिला शर्मा, कालीदास श्रेष्ठ, रमा घर्ती, मुक्तिराज कालिराज, परशुराम भट्टराई, रुक्मिणी देवकोटा, गीता पाण्डे, दुर्गाप्रसाद खनाल, माधव आचार्यको नाम सिफारिस गरिएको अध्यक्ष नारायणप्रसाद आचार्यले बताए।

 प्रदेश सभाको लागि क्षेत्र नम्बर १ को १ बाट प्रत्यक्ष तर्फ युवराज खनाल तथा २ नम्बरमा नारायण आचार्य, झपेन्द्रबहादुर जिसी, राजेन्द्रलक्ष्मी गैरे, करुणा काफ्ले, जीवन आचार्य, प्रेम श्रेष्ठ र खेम सारुको नाम सिफारिस गरिको छ। त्यस्तै क्षेत्र नं. २ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ कृष्णराज अधिकारी, कमल पाण्डेय, तीर्थ गौतम, नुरराज बस्याल, मोहन थापा मगर, मोहनलाल गैरे, डा. पुरनमान ब्रजाचार्य, त्रिरत्नलाल शाक्य र सुनिता शर्मालाई सिफारिस गरिएको छ।  क्षेत्र नम्बर २ को २ बाट प्रत्यक्षतर्फ कृष्ण जिसी, कृष्णबहादुर थापा, गीता भट्टराई, चिरन्जीवी पोखरेल, झलकबहादुर रायमाझी, तुलबहादुर अधिकारी, धनबहादुर रायमाझी, बिन्दु आचार्य, रामजी पोखरेल, रामजी भट्टराई र रन्जना रायमाझीको नाम सिफारिस गरिएको छ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट जीतबहादुर थापा (हिरा) र २ बाट बसन्त घर्तीमगरको नाम सिफारिस गरेको छ।  समानुपातिक तर्फ नेत्र पाण्डे, दलबहादुर राना, मिरा राना र खुमबहादुर बिकको नाम सिफारिस गरेको माओवादी जिल्ला सचिवालय सदस्य रामबहादुर गरम्जाले बताए।

क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ यमबहादुर सुनार, जनक ढकाल र कमल भट्टराईको नाम सिफारिस गरेको छ। यस्तै २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि विष्णु थापा, अर्जुन श्रेष्ठको नाम सिफारिस गरिएको गरम्जाले बताए। क्षेत्र नं. २ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ तुलसा राना र नवीन थापाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. २ को प्रदेश नम्बर २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका राजेन्द्र बिक, चक्रव्यूह थापा, लिला कार्कीको नाम सिफारिस गरिएको छ । प्रदेश तर्फ समानुपातिक उम्मेदवारको लागि गिरबहादुर थापा, रामबहादुर गरम्जा, दिलु लामा, लोकनाथ गौतम, वलु गैरे र शान्ता सारुको नाम सिफारिस गरिएको माओवादी केन्द्र पाल्पाले जनाएको छ। उनीह जिल्लाका तीन ठूला दलहरुले स्थानीय तहमा उम्मेदवार भएका धेरै कार्यकर्ताको नाम सिफारिस गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा
एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
Online Slots Online Spielautomaten 1500 Bonu
निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक
निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक
अव दुई वटा सहकारीमा सदस्य बन्न नपाइने
अव दुई वटा सहकारीमा सदस्य बन्न नपाइने
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक कसले कहाँ जिते? (सूचीसहित)
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक कसले कहाँ जिते? (सूचीसहित)
चितवन २ मा सर्वदलीय बैठक जारी
चितवन २ मा सर्वदलीय बैठक जारी
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव