महिला र बालबालिका हराउने क्रममा बृद्धि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
३० पटक हेरिएको
Shares
महिला र बालबालिका हराउने क्रममा बृद्धि

सारांश

  • नवलपरासी , २९ चैत ,नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो छ ।
  • चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् ।
  • तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् ।

नवलपरासी , २९ चैत ,नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् । तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् । बालकको अनुपातमा महिला र बालिका हराउनेको संख्या बढ्दो रहेको एक तथ्याँकले देखाएको छ ।

महिला सशक्तीकरण, बालबालिका बेचविखनविरुद्ध कार्यक्रमले जिल्लामा प्राथमिकता पाउँदासमेत यस्ता घटनाहरुमा भने कमी आउन सकेको छैन । यसले स्थानीय प्रशासन र महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थालाई चुनौती थपेको छ ।

गत आर्थिक वर्षमा १२८ महिला, ११ बालक र ३९ बालिका हराएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेलले जनाएको छ ।

तीमध्ये हालसम्म ७३ महिला, ९ बालक र २९ बालिका फेला परेका छन् । गत वर्ष सबैभन्दा बढि चैत महिनामा १८ महिला हराएका थिए भने तीमध्ये १५ जना फेला परेका थिए ।

यस्तै असोज र कात्तिकमा ६ बालिका हराएकोमा हालसम्म एक जना पनि फेला परेका छैनन् भने कात्तिकमा दुई बालक हराएकोमा अझै उनीहरुको अवस्था थाहा नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांकमा उल्लेख छ ।

यस्तै चालु आर्थिक वर्षको माघसम्म ४८ जना महिला तथा बालबालिका हराएको उजुरी परेको छ । तीमध्ये ३१ महिला, ६ बालक र ११ बालिका रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । तीमध्ये ९ महिला र एक बालिका अझै अज्ञात रहेको बताइएको छ ।

हराएको सूचीमा सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन् । हराएको भनिनेमध्ये अधिकांश महिला र बालिका भागी विवाह गर्ने र अधिकांश बालक परिवारबाट पीडित भएको भन्दै आफूखुशी घर छाड्ने गरेको बताइएको छ ।

यस्तै बालक हराउने विषयमा परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानको असरले उनीहरु घर छाडेर हिँड्ने गरेको बताइन्छ । यसबारे महिला तथा बालबालिका कार्यालय नवलपरासीकी प्रमुख उर्वरा लुईटेलले खुल्ला सीमानाका कारण कतिपय महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेकाले उनीहरु फेला नपरेको बताउनुभयो ।

आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेकाले पनि हराउनेको सख्या बढि देख्ने गरेको प्रहरीको भनाई छ ।

यद्यपि हराएको भनेर जिल्ला प्रहरी कार्यालय नवलपरासीमा परेको निवेदनमध्ये गत वर्षकै हालसम्म फेला नपरेकाले उनीहरुको अवस्था चिन्ताजनक हुनसक्ने र अुनसन्धान तथा खोजी कार्य निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

हराएका भन्ने संख्यामा सबैभन्दा बढी महिला छन् । वैदेशिक रोजगारीमा गएकामध्ये केहीका श्रीमती परपुरुषसँग विवाह गरेर गएकाले तत्काल हराएको निवदेन आउँदा हराएको संख्यामा नाम दर्ता हुने गरेको छ ।

त्यस्तै बालिकाको हकमा उनीहरुले मोबाइल फोन, समाजिक सञ्जाललगायतबाट चिनजान भएको युवाहरुसँग परिवारलाई जानकारी नै नदिई घर छाडेर विवाह गर्दा बालिकाको संख्या हराएको सूचीमा पर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुस्मा स्वराजविरुद्ध खनियो माओवादी, अनुपयुक्त समयमा भ्रमण नगर्न सुझाव
सुस्मा स्वराजविरुद्ध खनियो माओवादी, अनुपयुक्त समयमा भ्रमण नगर्न सुझाव
अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
नयाँ सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा
नयाँ सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
एमालेलाई मधेशविरोधी भन्ने स्वार्थी मान्छे हुन् : ओली
एमालेलाई मधेशविरोधी भन्ने स्वार्थी मान्छे हुन् : ओली
३३ केजि सुन प्रकरण:  सनमकी गलफ्रेण्ड निशाले दिएको बयान यस्तो छ !
३३ केजि सुन प्रकरण: सनमकी गलफ्रेण्ड निशाले दिएको बयान यस्तो छ !
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा
विजयकुमार गच्छदारलार्इ बोलायो सर्वोच्चले
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी
न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी

तपाईंले छुटाउनुभयो कि?