अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
सारांश
- काठमाडौं, २४ पुस ।
- डा.
- गोविन्द केसीले अदालतको मानहानी गरेको भन्दै मंगलवार सर्वोच्च अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौं, २४ पुस । डा. गोविन्द केसीले अदालतको मानहानी गरेको भन्दै मंगलवार सर्वोच्च अदालतले पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालासले केसीलाई अदालतमा उपस्थित गराउन भन्दै पक्राउ पुर्जी आदेश जारी गरेको हो ।
डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्टको संज्ञा दिदै सोमवारदेखि अनसन शुरु गरेका छन् । सर्वोच्च अदालतले डा. शशी शर्मालाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनमा पुनर्वहालीको आदेश दिएलगत्तै केसी अनसनमा बसेका थिए ।
डा. केसीले अदालतको मानहानी गरेको दावीसहित सर्वोच्च अदालतका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले डा. केसीलाई मंगलवार ९ बजे उपस्थित गराउन गृहमन्त्रालयमार्फत प्रहरीलाई पत्र लेखेको छ ।
त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहालीको आदेश दिएको थियो । अदालतको उक्त आदेशपछि केसीले अनसन प्रारम्भ गरेका थिए ।
Deepak Shakya
Kun mj le sahachha?man bhayepo hani huncchha navaye ke hunchha?