विजयकुमार गच्छदारलार्इ बोलायो सर्वोच्चले

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, पुस १५ ।
  • सर्वोच्च अदालतले सुनसरी प्रतिनिधिसभा ३ को पुनःमतगणनाको मुद्दामा सो क्षेत्रका विजयी उम्मेदवार र निर्वाचन आयोग दुवैलाई छलफलका लागि बोलाएको छ ।
  • प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसबाट विजयी उम्मेदवार विजयकुमार गच्छदार र आयोग दुवै पक्षलाई बोलाउने आदेश गरेको हो।

काठमाडौं, पुस १५ । सर्वोच्च अदालतले सुनसरी प्रतिनिधिसभा ३ को पुनःमतगणनाको मुद्दामा सो क्षेत्रका विजयी उम्मेदवार र निर्वाचन आयोग दुवैलाई छलफलका लागि बोलाएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसबाट विजयी उम्मेदवार विजयकुमार गच्छदार र आयोग दुवै पक्षलाई बोलाउने आदेश गरेको हो।

सो निर्वाचन क्षेत्रमा गच्छदारले निर्वाचन आचारसंहिताविपरीत कर्मचारीलाई लतपतिएको र बदर मतसमेत रुख चिह्नमा गणना गर्न लगाएको भन्दै एमाले उम्मेदवार भगवती चौधरीले पुनःमतगणना गर्नुपर्ने माग गर्दै सर्बोचचमा मुद्दा दायर गरेकी थिइन् ।

निर्वाचन आयोगले दिएको मतपरिणाम अनुसार गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ प्राएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?