मापदण्ड मिचेर बनाएका संरचना भत्किए

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मापदण्ड मिचेर बनाएका संरचना भत्किए

सारांश

  • पोखरा पोखरा–लेखनाथ महानगरपालिका भित्र मापदण्ड मिचेर निर्माण गरिएका संरचनाहरू महानगरपालिकाले भत्काउन थालेको छ ।
  • पोखराको मालपोत कार्यालय अगाडिका सडकको मापदण्ड मिचेर निर्माण गरेका टहरा महानगरले भत्काएको छ ।
  •   मालपोत कार्यालय अगाडि निर्माण भएका १२ ओटा टहरा डोजर लगाएर भत्काइएको हो ।

पोखरा

पोखरा–लेखनाथ महानगरपालिका भित्र मापदण्ड मिचेर निर्माण गरिएका संरचनाहरू महानगरपालिकाले भत्काउन थालेको छ । पोखराको मालपोत कार्यालय अगाडिका सडकको मापदण्ड मिचेर निर्माण गरेका टहरा महानगरले भत्काएको छ ।

 

मालपोत कार्यालय अगाडि निर्माण भएका १२ ओटा टहरा डोजर लगाएर भत्काइएको हो । महानगरपालिकाले ३५ दिने सूचना जारी गरे पनि अटेरी गरेपछि डोजर लगाएर टहरा भत्काइको हो । मापदण्डमा सडकबाट ५ मिटरभित्र संरचना बनाउन नपाइने उल्लेख भए पनि सार्वजनिक जग्गामा ५ मिटर बाहिर निर्माण गरिएका संरचना पनि पोखरा–६ का जनप्रनिधिहरूको दबाबमा भत्काइएको हो ।

 

पोखराका अधिकांश स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने र मापदण्डविपरीतका संरचना निर्माण गर्ने क्रम बढ्न थालेपछि महानगरले यसलाइ निरुत्साहित गर्न यस्ता संरचनाहरु भत्काउन शुरु गरेकाे हाे ।

 

गत मङ्सिरमा साविक पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानालेे नगरको पृथ्वीचोकदेखि विजयपुरसम्मका सडककाे विचबाट ७५ फिटभित्र पर्ने सम्पूर्ण अस्थायी संरचना हटाइएका थिए । मापदण्ड विपरित बनेका अस्थायी संरचना भत्काउने क्रम नराेकिने महानगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?