बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते

सारांश

  • काठमाडौं ।
  • रोल्पाको लुंग्रीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
  • रोल्पा लुंग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

काठमाडौं । रोल्पाको लुंग्रीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । रोल्पा लुंग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

रोल्पाको सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुंग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

(https://winandoffice.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?