सङ्कटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुँदैन : उपमहासचिव ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १५, २०७९
|
|
२० पटक हेरिएको
Shares
सङ्कटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुँदैन : उपमहासचिव ज्ञवाली

सारांश

  • ​​​​​​​काठमाडौँ ।
  • नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेले एकीकृत समाजवादी पूरा नै घरमा फर्काउन पहल गरिरहेको हल्ला बारे खण्डन गर्नुभएको छ ।
  • उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित रहेको बताउनुहुँदै त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना हल्ला मात्र भएको बताउनुभएको हो ।

​​​​​​​काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेले एकीकृत समाजवादी पूरा नै घरमा फर्काउन पहल गरिरहेको हल्ला बारे खण्डन गर्नुभएको छ ।

उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित रहेको बताउनुहुँदै त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना हल्ला मात्र भएको बताउनुभएको हो ।

डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई फेरि पूरा नै घरमा फर्काउन आन्तरिक छलफल भइरहेको हल्लाबारे उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्नुहुँदै सङ्कटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय नहुने पनि बताउनुभयो । उहाँले इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन भन्नुभयो ।

“अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । सङ्कटका बेला सतिसाल झैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन ।इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन ।” उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance create account

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?