राउटेले प्रधानमन्त्रीलाई फोन गर्दै अन्न मागेपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
राउटेले प्रधानमन्त्रीलाई फोन गर्दै अन्न मागेपछि…

सारांश

  • शेरबहादुरले झुक्याए, तपाईँले नझुक्याउनु काठमाडौँ: जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् ।
  • प्रधानमन्त्री ओलीलाई भेटेर बधाई दिने इच्छा पुरा नभएकोमा उनीहरुले चित्त दुखाएका छन् ।
  • दैलेखको जंगलबाट अन्नपूर्ण पोस्ट्लाई फोन गर्दै उनीहरुले प्रधानमन्त्रीलाई भेट्न खोजिए पनि नसकेको गुनासो गरेका छन् ।

शेरबहादुरले झुक्याए, तपाईँले नझुक्याउनु

काठमाडौँ: जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर बधाई दिने इच्छा पुरा नभएकोमा उनीहरुले चित्त दुखाएका छन् ।

दैलेखको जंगलबाट अन्नपूर्ण पोस्ट्लाई फोन गर्दै उनीहरुले प्रधानमन्त्रीलाई भेट्न खोजिए पनि नसकेको गुनासो गरेका छन् । ‘के हामीले ओलीलाई भेटन नपाउने ?’, राउटेका मुखिया मैनबहादुर शाहीले प्रश्न गर्दै भने, ‘ओली प्रधानमन्त्री भएकोमा हामीलाई कति खुसी लागेको थियो, उहाँ त हाम्रा प्रधानमन्त्री हुनुहन्छ भनेर सबै खुसी थिए, भेट्न नदिएको जनता रिसाएका छन् ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

अन्न सकियो प्रधानमन्त्रीज्यू

प्रधानमन्त्री हुनेवित्तिकै ‘जनता’ले ओलीलाई भेट्न चाहे पनि भेट्ने रहर पुरा नभएको उनले दुखेसो पोखे । मुखिया शाहीले अन्न पनि सकिएकाले जोहो गरिदिन गुहार मागेका छन् । ‘चामल पनि सकियो, अब हामीले के खाने, जनतालाई के खुवाउने’, मुखी मैनबहादुर शाहीले गुनासो गरे, ‘खान नपाएपछि जनताले वन समेत मास्न थालिसके ।’

जंगलमै घर

मुखिया शाहीले ओलीलाई जंगलमा नै घर बनाइदिन आग्रह गरेका छन् । ‘हामी जंगलमा नै बस्छौँ, हामीलाई जंगलमा बस्न दिनु पर्‍यो’, उनले भने । राउटे मुखिया शाहीले चुनावका बेला ५ हजार भत्ता बनाउने आश्वासन दिए पनि पुरा नभएको दुखेसो पोखे ।

‘हाम्रो भत्ता ५ हजार बनाउँछौँ भनेका थिए अहिले भेट्न मान्दैनन्, खोई किन होला ?’, मुखियाले प्रश्न गरे, ‘हामीले ओलीलाई भेट्न पाउँछौँ कि पाउदैनौँ ।’फागुन १० गते आउन तयार भएका राउटेलाई प्रधानमन्त्रीले समय नदिएपछि उनीहरुको समय सर्दै गएको छ ।

काठमाडौँ आउँछौँ

अर्का राउटे दीपक शाहीले आफू आजै गाडी चडेर ओलीलाई भेट्न काठमाडौँ आउने बताए । ‘भेट्न पाउँछौँ कि पाउँदैनौँ, हामी त भोली पर्सी नै आउँछ, आउँछ, पहिले पनि झुक्यायो’, उनले भने, ‘जनता’ भोकै परेका छन्, प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न पाउनुपर्‍यो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त हत्या प्रकरण:आरोपित विष्टलाई काठमाडौं ल्याइयाे
निर्मला पन्त हत्या प्रकरण:आरोपित विष्टलाई काठमाडौं ल्याइयाे
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली
राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ
राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ
मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी
Obama-era FAA hiring rules place diversity ahead of airline safety, attorney tells Tucker Carlson
Obama-era FAA hiring rules place diversity ahead of airline safety, attorney tells Tucker Carlson

तपाईंले छुटाउनुभयो कि?