शोकप्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
४३ पटक हेरिएको
Shares
शोकप्रस्ताव पारित

सारांश

  • काठमाडौँ, ३० फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।
  • पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले स्व शेर्माका शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उनको सम्मानमा आज, शनिबार र आइतबार पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
  • त्यसैगरी चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र उनको स्वर्गारोहण भएको तेह्रौँ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ ।

काठमाडौँ, ३० फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले स्व शेर्माका शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उनको सम्मानमा आज, शनिबार र आइतबार पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

त्यसैगरी चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र उनको स्वर्गारोहण भएको तेह्रौँ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?