प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
५९ पटक हेरिएको
Shares
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी

सारांश

  • पोखरा, १२ माघ , प्रदेश नं ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ ।
  • संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ ।
  • संविधानले गरेको व्यवस्थाअनुसार अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र बैठक बोलाउनु पर्ने भएकाले आगामी माघ २२ गते पहिलो बैठक बोलाउने सम्बन्धमा प्रदेश प्रमुखसँग छलफल भइरहेको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले बताउनुभयो ।

पोखरा, १२ माघ , प्रदेश नं ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ ।

संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ ।

संविधानले गरेको व्यवस्थाअनुसार अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र बैठक बोलाउनु पर्ने भएकाले आगामी माघ २२ गते पहिलो बैठक बोलाउने सम्बन्धमा प्रदेश प्रमुखसँग छलफल भइरहेको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले बताउनुभयो ।

“माघ २२ गते बैठक बस्ने सम्बन्धमा छलफल भएको तर निर्णय भने भइसकेको छैन”, उहाँले भन्नुभयो ।

प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले यसबारेको निर्णय चाँडै नै आउने बताउनुभयो ।

प्रदेशसभा बैठकस्थलका रुपमा नदीपुरस्थित पोखरा उपत्यका नगर विकास समितिको सभाकक्ष एवं परिसरलाई थप व्यवस्थित बनाउने काम तीव्र रुपमा अघि बढाइएको छ ।

(https://flathatnews.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
निषेधाज्ञापछि पनि कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनसन
निषेधाज्ञापछि पनि कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनसन
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य
इंग्लिस प्रिमियर लिग : आर्सनलमाथि लिभरपुलको शानदार जित
इंग्लिस प्रिमियर लिग : आर्सनलमाथि लिभरपुलको शानदार जित
सुन समातिन्छ, मालिक हराउँछन्
सुन समातिन्छ, मालिक हराउँछन्
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या
मन्त्रालयभित्रै उपसचिवमाथि कर्मचारी नेताले गरे हातपात
बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद् : प्राधिकरण
बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद् : प्राधिकरण
सीरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता’
सीरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता’
गृहमन्त्रीकाे सामुन्ने विष सेवन गरेका लडाकुले अस्पतालमै सुरू गरे अनसन
गृहमन्त्रीकाे सामुन्ने विष सेवन गरेका लडाकुले अस्पतालमै सुरू गरे अनसन