संशोधन प्रस्ताव संसद्बाटै अस्वीकृत हुने : नेता खनाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २, २०७३
|
|
८२८ पटक हेरिएको
Shares
संशोधन प्रस्ताव संसद्बाटै अस्वीकृत हुने : नेता खनाल

सारांश

  • इलाम, २ पुस ।
  • नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको प्रस्ताव संसद्बाटै अस्वीकृत हुने बताउनुभएको छ ।
  • संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)ले सञ्चालन गरेको जनपरिचालन अभियानअन्तर्गत जिल्लाको दानाबारीमा आज आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा नेता खनालले सरकारले परम्परादेखि बसेको हिमाली, पहाडी र तराईका जनताबीच भिडन्त गराएर देशमा अस्थिरता, अशान्ति र द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो ।

इलाम, २ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको प्रस्ताव संसद्बाटै अस्वीकृत हुने बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)ले सञ्चालन गरेको जनपरिचालन अभियानअन्तर्गत जिल्लाको दानाबारीमा आज आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा नेता खनालले सरकारले परम्परादेखि बसेको हिमाली, पहाडी र तराईका जनताबीच भिडन्त गराएर देशमा अस्थिरता, अशान्ति र द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो ।

संविधान कार्यान्वयनका लागि आफ्नो पार्टीले तीनवटै तहको निर्वाचन घोषणा गर्नुपर्नेमा जोड दिए पनि सरकारले निर्वाचन घोषणा गर्न नसकेको उहाँको भनाइ थियो । निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा समावेशी रूपमा विकास भएको बताउँदै उहाँले निर्वाचनताका गरिएका प्रतिबद्धता पूरा भएको समेत बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा सांसद प्रेम गिरी, नेकपा (एमाले) इलाम जिल्ला कमिटीका अध्यक्ष राम राना, जिल्ला सचिव महेश बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

Source : RSS

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै
सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
मृत अवस्थामा भेटिए अमेरिकी गोलीकाण्डका अभियुक्त
मृत अवस्थामा भेटिए अमेरिकी गोलीकाण्डका अभियुक्त
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै
यस्तो छ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा, के यो पूरा होला ?
यस्तो छ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा, के यो पूरा होला ?
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

तपाईंले छुटाउनुभयो कि?