डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता

सारांश

  • डडेल्धुरा, २० असोज  ः डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता भएका छन् ।
  • असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ रहेको छ ।
  • मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिए तर करिब साता बितिसक्दा पनि केही पत्ता नलागेको विवसका बुबा केशव बोहराले बताउनुभयो ।

डडेल्धुरा, २० असोज  ः डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता भएका छन् ।

असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ रहेको छ ।

मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिए तर करिब साता बितिसक्दा पनि केही पत्ता नलागेको विवसका बुबा केशव बोहराले बताउनुभयो । आफन्त कहाँ गयो कि भनेर सबै ठाउँमा खबर गरी सक्दा पनि कतै नभएको खबरले आफूहरूलाई छटपटी बढिरहेको विवसकी आमा चन्द्रादेवी बोहराले बताउनुभयो ।

प्रहरीलाई पनि खबर गर्दासमेत कहीँकतै नभएको जानकारी आएको केशवको भनाइ रहेको छ । कहीबाट छोराको खबर नपाउँदा विवसका आमाबाबुलाई दिन प्रतिदिन चिन्ता बढदै गएको छ । छोराको खोजी गरिदिनका लागि बोहरा दम्पतीले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?