दुवईमा पक्राउ परेका खड्काले एकैपटकमा ४५० किलोसम्म सुन पठाउँथे

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
दुवईमा पक्राउ परेका खड्काले एकैपटकमा ४५० किलोसम्म सुन पठाउँथे

सारांश

  • काठमाडौं ।
  • प्रहरीले साढे ३३ किलो सुन लगायतका अन्य सुन तस्करीमा मुख्य मानिएका एक व्यक्तिलाई दुवईबाट पक्रेको छ ।
  • दुबईबाट नेपालमा सुन पठाउने मुख्य व्यक्ति मानिएका हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं । प्रहरीले साढे ३३ किलो सुन लगायतका अन्य सुन तस्करीमा मुख्य मानिएका एक व्यक्तिलाई दुवईबाट पक्रेको छ । दुबईबाट नेपालमा सुन पठाउने मुख्य व्यक्ति मानिएका हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको हो। खड्काविरुद्ध नेपाल प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो। पक्राउ परेका खड्काले एक पटकमा ४ सय ५० किलोसम्म सुन पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइएको छ। 

सुन तस्करीको अनुसन्धानसम्बन्धी प्रतिवेदनले खड्कालाई सुन पठाउने भूमिकामा रहेको मुख्य व्यक्ति देखिएकाले दुबई प्रहरीसँगको सहकार्यमा पक्रेको हो । नेपाल प्रहरी इन्टरपोल शाखाले सबै प्रमाण दुबई प्रहरीलाई पठाएको र कानुनी प्रक्रिया पुगेपछि खड्कालाई नेपाल ल्याइने प्रहरीले जनाएको छ।

प्रहरीले गरेका दुईवटा अनुसन्धान प्रतिवेदनबाट सुन तस्करीमा खड्कासहितको समूह सक्रिय रहेको खुलेको छ। दुई वर्षअघि बरामद साढे ३३ किलो सुन तस्करीसम्बन्धी अनुसन्धानले दुबईमा रहेका खड्कासहित ३१ जना सुन तस्करीमा संलग्न देखाएको थियो।

साढे ३३ किलो सुन तस्करी तथा शनम शाक्य हत्या प्रकरणमा समेत खड्का मुछिएका छन् । प्रकरण छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले गरेको अनुसन्धान र गत वर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानबाट सुन तस्करीमा खड्कासहित समुह सक्रिय रहेको खुलेको हो। प्रहरीले खड्कालाई मुख्य योजनाकार ठहर गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि
भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
प्रदेश नं ७ मा ‘ओल्के’ चाड मनाइँदै
प्रदेश नं ७ मा ‘ओल्के’ चाड मनाइँदै
प्रदेश नम्बर ३ को राजधानी यथावत हुन्छ : मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ को राजधानी यथावत हुन्छ : मुख्यमन्त्री पौडेल
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
वैशाख ७ देखि दोस्रो चरणको खोप सुरु हुने
जनकपुर पुगेका  योगी आदित्यनाथले लेखे यस्तो पत्र
जनकपुर पुगेका योगी आदित्यनाथले लेखे यस्तो पत्र
चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….
चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….
चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या
चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या