सरापे र राजुले ल्याए “गुलेली”

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सरापे र राजुले ल्याए “गुलेली”

सारांश

  •  काठमाडौँ – हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार हुन् यादव देवकोटा (सरापे) र राजु कमेडि (रेम्बो) ।
  • हास्य टेलिश्रृंखलाहरुमा निकै चर्चित यी दुई कलाकारहरुलाई नचिन्ने दर्शक कमै भेट्टाउन सकिन्छ ।
  • यीनै दुई कलाकारहरुले पछिल्लो समयमा निकै नै कमेडि हास्य टेलीश्रृंखला “गुलेली” ल्याउँदै छन् ।

 काठमाडौँ – हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार हुन् यादव देवकोटा (सरापे) र राजु कमेडि (रेम्बो) । हास्य टेलिश्रृंखलाहरुमा निकै चर्चित यी दुई कलाकारहरुलाई नचिन्ने दर्शक कमै भेट्टाउन सकिन्छ । यीनै दुई कलाकारहरुले पछिल्लो समयमा निकै नै कमेडि हास्य टेलीश्रृंखला “गुलेली” ल्याउँदै छन् । तुल्सी मिडिया प्रा.लीबाट प्रस्तुत हुन लागेको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गर्न लागेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडि (रेम्बो) ले निर्देशन गर्न लागेका हुन् । प्रवेश पोखरेल र नवराज खड्काको छायांकन रहेको यस टेलीश्रृंखलालाई सुरेश श्रेष्ठ र दुर्लभ श्रेष्ठले सम्पादन गरेका हुन् भने सहायक निर्देशन रेशम बुढाथोकीको रहेको छ । चर्चित कलाकारहरू रामचन्द्र अधिकारी, यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो), नवराज भण्डारी, पुजा गुरुङ्ग, रोजी बस्नेत, मधु आचार्य, भुमिका तिमल्सिना, उदित शर्मा, विक्रम लामा, शंकर रमन उप्रेती र बिरक खड्काको निकै नै राम्रो अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?