छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
५९ पटक हेरिएको
Shares
छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त

सारांश

  • बर्दिवास, ७ फागुन , महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ ।
  • जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन ।
  • हिजो आज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ ।

बर्दिवास, ७ फागुन , महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ ।

चौपायामध्ये सडकमा धेरैजसो गाई देखिने गरेका छन् । दुई÷तीन गाईसँगै बाछाबाछी र गाई पछ्याउने साँढेले सडक ढाकेर हिँड्दा यात्रुलाई बाटो काट्न र सडक ट्राफिक व्यवस्थापनमा समस्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका मुख्य बजारमध्ये बर्दिवास, गौशाला र जलेश्वरमा छाडा पशुवस्तुको जगजगी बढी छ । बर्दिवासमा त गत दशैँताका गाई पछ्याउँदै हिँडेको साँढेले एकैदिन १० जनालाई हानेर लडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणसहित ठूलो जनशक्ति लगाएर नियन्त्रण गर्नुपरेको थियो ।
दूध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले समस्या बढाएको हो । सडक र बजारक्षेत्रमा छाडा बजार र सडकमा छाडा छोडिएका चौपाय व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैँले सचेतता देखाउनु राम्रो विकल्प हुने बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेल बताउनुहुन्छ ।

बालीनाली नोक्सान गर्ने र बजार एवं सडक क्षेत्रमा छाडा छाडिएका चौपाया नियन्त्रणमा लिएर काञ्जीहाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट गराउने व्यवस्था स्थानीय तह (वडासमिति) ले मिलाउनु पर्ने भए पनि जिल्लाका १५ मध्ये कुनै स्थानीय तहले यो व्यवस्था गरेका छैनन् ।

जिल्ला सदरमुकाम जलेश्वरमा गाई÷बाछाबाछी र गाई पछ्याउने साँढेबाहेक सुँगुर पनि छाडा छाड्ने गरिएको पाइन्छ । यसरी छाडा छाडिएका सुँगुरले त घरको भान्सा कोठासमेत पसेर नोक्सान पार्ने गरेको जलेश्वर–१ की श्यामकला चौधरी बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीमा यस्तो छ मतपरिणाम: पौडेलको फराकिलो अग्रता
रुपन्देहीमा यस्तो छ मतपरिणाम: पौडेलको फराकिलो अग्रता
डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको ज्यान गयाे
डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको ज्यान गयाे
उपत्यकामा एक वर्षमै १ लाख २९ हजार सवारी साधन थपिए
उपत्यकामा एक वर्षमै १ लाख २९ हजार सवारी साधन थपिए
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल: काँग्रेस ढुक्क, गठबन्धन मख्ख
प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल: काँग्रेस ढुक्क, गठबन्धन मख्ख
कांग्रेस नेताहरु ३ बजे किन जाँदैछन् शितलनिवास  ?
कांग्रेस नेताहरु ३ बजे किन जाँदैछन् शितलनिवास ?
अष्ट्रेलियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु
अष्ट्रेलियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु
‘छमछमी’ मा पुष्प र एलिसाको जोडी (भिडियोसहित)
‘छमछमी’ मा पुष्प र एलिसाको जोडी (भिडियोसहित)
प्रचण्डले फेरि उठाए राष्ट्रिय सहमतिको कुरा
प्रचण्डले फेरि उठाए राष्ट्रिय सहमतिको कुरा
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै