झापाका पन्ध्र हजार घरधुरी अन्धकारमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
झापाका पन्ध्र हजार घरधुरी अन्धकारमा

सारांश

  • बनियानी (झापा), १६ साउन ।
  • ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
  • चार दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल गाउँपालिकाको केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

बनियानी (झापा), १६ साउन । ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

चार दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल गाउँपालिकाको केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा अवरुद्ध भएपछि सो क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य छन् । गत वर्ष बंगलादेशबाट ल्याइएको १६ एमबिएको ट्रान्सफर्मरमा समस्या आएको छ । ६ बाई ८ को ट्रान्सफर्मर जडान गरेर विद्युत् सेवा सञ्चालन गर्ने तयारी गरिए पनि त्यसमा समेत समस्या आएको नेपाल विद्युत् प्राधिकरण बुलोचोक सबस्टेसनका प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

“विद्युत् आपूर्तिका लागि छिटोभन्दा छिटो ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ”, प्रमुख साहले भन्नुभयो, “मौसमले साथ दियो भने अबको दुई दिनभित्र विद्युत् सेवा सञ्चालन हुन्छ ।” यस क्षेत्रमा धेरै विद्युत् समस्या हुने गरेको जनकल्याण निमावि महाभराका शिक्षक ओमकान्त बरालले बताउनुभयो । बारम्बार विद्युत् आपूर्तिमा समस्या आउँदा पनि सम्बन्धित निकायले प्रभावकारी काम नगरेको उहाँले आरोप लगाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?