खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
सारांश
- काठमाडौ ।
- लामो समयदेखि उच्च मूल्यमा बिक्री भइरहेको खानेतेलको मूल्य घटन थालेको छ ।
- खासगरी, सरकारले कच्चा तेल आयात गर्दा लाग्ने भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा नेपाली बजारमा खाने तेलको मूल्य घट्न थालेको व्यवसायीहरूको भनाइ छ ।
काठमाडौ । लामो समयदेखि उच्च मूल्यमा बिक्री भइरहेको खानेतेलको मूल्य घटन थालेको छ । खासगरी, सरकारले कच्चा तेल आयात गर्दा लाग्ने भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा नेपाली बजारमा खाने तेलको मूल्य घट्न थालेको व्यवसायीहरूको भनाइ छ ।
सरकारले कच्चा पदार्थको भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा आन्तरिक बजारमा मूल्य घट्न थालेको हो । यसअघि, नेपालबाट भारततर्फ खानेतेलको निर्यात हुँदै आएको थियो । इण्डोनेसिया, मलेसिया, युक्रेन, रुस, अर्जेन्टिना र ब्राजिल तथा बोलिभिया लगायतका मुलुकबाट कच्चा खानेतेल ल्याएर उद्योगीले प्रशोधन गर्दै भारतीय बजारमा निर्यात गर्दै आइरहेका थिए । तर, भारतले कच्चा तेलमा लाग्दै आएको उच्च भन्सार दरलाई घटाएसँगै नेपालबाट हुने निर्यात प्रभावित बनेको छ ।
‘यसअघि ३६० ३७० रुपैयाँ पर्ने सुर्यमूखी तेलको मूल्य अहिले प्रतिलिटर २९० रुपैयाँमा आइपुगेको छ । यद्यपी, यसको ब्रण्डअनुसार मूल्य फरक–फरक हुने गरेको छ । यसैगरी, प्रतिलिटर ३२० रुपैयाँमा बिक्री भइरहेको भटमास तेलको मूल्य अहिले २५५ रुपैयाँसम्म आइपुगेको छ ।
यता, यसअघि, प्रतिलिटर ४३० रुपैयाँसम्म पर्ने काँचो तोरीको तेलको मूल्य घटेर ३७० रुपैयाँ प्रति लिटरसम्म आइपुगेको छ । यस्तै, यसअघि ३७० रुपैयाँसम्म पर्ने भुटेको तोरीको तेलको मूल्य घटेर ३३० रुपैयाँ प्रतिलिटर आइपुगेको खुद्रा व्यापार संघका महासचिव तुलाधारले बताए ।
प्रतिक्रिया