स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

सारांश

  • सल्लेरी (सोलुखुम्बु) ।
  • सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ ।
  • जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो ।

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो । आगजनीबाट रु ४० लाख बराबरको क्षति भएको थियो । यस्तै गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट रु ४० लाखबराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले बताए ।

त्यसैगरी गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु ८० लाखबराबरको क्षति भएको थियो । यस्तै गत मङ्सिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु एक करोडबराबरको क्षति भएको थियो ।

“सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ । आगजनीबाट चारवटै स्काभेटरमा पूर्णरूपमा क्षति पुगेको छ”, प्रहरी निरीक्षक मिश्रले भने । आगजनी गरेको आरोपमा  पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन् । पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
पारसलाई प्रेसर, दुई खेल दुई हार !
पारसलाई प्रेसर, दुई खेल दुई हार !
कास्की क्षेत्र नं–२ प्रतिनिधिसभा उपनिर्वाचन– त्रिदेवीको भिडन्त
कास्की क्षेत्र नं–२ प्रतिनिधिसभा उपनिर्वाचन– त्रिदेवीको भिडन्त
प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल
प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल
कर्णाली प्रदेशमा १ सय १४ कुष्ठरोगी भेटिए
कर्णाली प्रदेशमा १ सय १४ कुष्ठरोगी भेटिए
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/

तपाईंले छुटाउनुभयो कि?