यी चार प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०८०
|
|
२२ पटक हेरिएको
Shares
यी चार प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ ।
  • भारतको ओडिसा र आसपासमा न्यून चापीय प्रभावका कारण गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा न्यून चापीय प्रभावका कारण गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू– भागको थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी , मधेश गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलङ्की–धोबीखोला सडक विस्तार काम तत्काल शुरु नहुने
कलङ्की–धोबीखोला सडक विस्तार काम तत्काल शुरु नहुने
‘सरकारमा गफ गर्ने, काम नगर्ने प्रबृत्ति छ’
‘सरकारमा गफ गर्ने, काम नगर्ने प्रबृत्ति छ’
एमालेद्वारा संसद अवरुद्ध, २१ गतेसम्मको लागि बैठक स्थगित
एमालेद्वारा संसद अवरुद्ध, २१ गतेसम्मको लागि बैठक स्थगित
एमाले अध्यक्ष केपी ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त
एमाले अध्यक्ष केपी ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त
नेपाल दक्षिण एशियाको उदाउँदो तारा : मन्त्री ज्ञवाली
नेपाल दक्षिण एशियाको उदाउँदो तारा : मन्त्री ज्ञवाली
सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजूरीउपर छानबिन
सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजूरीउपर छानबिन
नेपालको हवाइ सुरक्षाको बारेमा इयुमा छलफल हुने, हट्ला प्रतिबन्ध?
नेपालको हवाइ सुरक्षाको बारेमा इयुमा छलफल हुने, हट्ला प्रतिबन्ध?
दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 
छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 
एसिया कप छनाैट प्रतियाेगिताकाे मिति सार्वजनिक
एसिया कप छनाैट प्रतियाेगिताकाे मिति सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?