घर बनाउदा बाटाेमा समान राखे एक बर्ष जेल !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
११
|
२५ पटक हेरिएको
Shares
घर बनाउदा बाटाेमा समान राखे एक बर्ष जेल !

सारांश

  • काठमाडाै, २८ साउन ।
  • घर निर्माण गर्दा पनि जथाभावी सडकमै निर्माण सामाग्री थुप्राउने निर्माणकर्ता अब कानूनी कठघरामा उभिने भएका छन्।
  •  भदौ १ देखि प्रचलनमा आउने नयाँ कानूनमा निर्माण सामाग्री जथाभावी राख्न नपाइने व्यवस्था छ।

काठमाडाै, २८ साउन । घर निर्माण गर्दा पनि जथाभावी सडकमै निर्माण सामाग्री थुप्राउने निर्माणकर्ता अब कानूनी कठघरामा उभिने भएका छन्। भदौ १ देखि प्रचलनमा आउने नयाँ कानूनमा निर्माण सामाग्री जथाभावी राख्न नपाइने व्यवस्था छ। यस्तै निर्माण र भत्काउँदा वा मर्मतसम्भार गर्दा आवश्यक सावधानीसहितका आवश्यक बन्दोबस्त गर्न कानूनले बाध्य बनाएको हो। यो व्यवस्था ऐनमै उल्लेख छ।

यदि ऐन विपरितको कसुर गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था नयाँ कानुनमा छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँच वटैसंहिता भदौ १ गतेदेखि प्रचलनमा आउने छन्। याेसँगै जंगबहादुर राणाले विक्रम सम्वत १९१० मा बनाएको मुलुकी ऐन प्रतिस्थापन हुने भएको हो। जंगबहादुरले सुरुमा १६३ महलको ऐन बनाएका थिए। भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा प्रचलनमा ल्याइएको थियो।

जंगबहादुरले निर्माण गरेको पहिलो लिखित कानून ५५ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र मुलुकी देवानी कार्यविधिसंहिता ऐनले मुलुकी ऐनलाई प्रतिस्थापन गर्नेछन्। प्रचलनमा आउने संहिताले मुलुकी ऐनमा रहेका सबै अपराधलाई समेटेको छ। हाल प्रयोगमा आएका केही नयाँ अपराधमा दण्ड र सजायको व्यवस्था थपिएको छ। यसले अनुसन्धानकर्ता रहने प्रहरी र अभियोजनकर्ता रहने सरकारी वकिलका केही अधिकारी कटौती गर्नुका साथै थप जिम्मेबार बनाएको छ।

केही बुँदामा भने प्रहरीको अनुसन्धान पद्धति प्रभावित हुने आशंका समेत ब्यक्त गरिदैछ। प्रचलनमा आउने संहितामा धर्म परिवर्तन, दाईजो प्रथा, बहुविवाह, बलात्कार, पशुपंक्षीलाई गर्ने निर्दयी व्यवहार, गाली बेइज्जती, पतिले पनि संम्बन्ध विच्छेद गर्न सक्ने, जथाभावी घर निर्माण गर्न नहुने लगायतका विषयलाई स्पष्टसँग कसुर ठहर गर्दै कारबाही हुने व्यवस्था गरेको छ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    कलन्की मन्दिर अगाडी किन अँखा नपुगेको नि? कि सेतिङ्ग ?

    Comment Author

    Dadhi Ram Dahal

    Hoina kasto kanun aauna lagako ho nepal ma ? janta lai sukha subidha bhanda ni trash ani asubidha….

    Comment Author

    Tejtilak Karki

    अब सरकारले नै तयारी घर बेच्ने हल्ला छ

    Comment Author

    Phinjo Sherpa

    Kina?

    Comment Author

    Tulas Bhojpure

    Chup lag

    Comment Author

    Bkt Twayana Back

    ani tesko budiko bauko gharma lagera rakhau

    Comment Author

    Krishna Bhattrai

    Ramro.

    Comment Author

    Santosh Chhetri

    सरकारले मान्छे थुन्ने घरचाइ कता तिर बनाएको रैछ जे गर्दा पनि जेल जेल मात्र देख्छु त

    Comment Author

    Gautam Das Tuladhar

    Batoma narakhe k BALUWATAR MA Rakhne??????

    Comment Author

    Ha-RiSh KC

    ekdamai ramro good news.

    Comment Author

    Bir Bahadur GC

    Nepal le nakkal gareko ho bharat le jasto kam garchh ustai baatama saman narakhne kanun 10vars baneko ho yeha kehi kadai chhaina.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन काण्डका नाइके ‘गोरे’लाई डिआइजी निरौलाले यसरी भगाए
अपराह्न ३ बजे संसद् बैठक
अपराह्न ३ बजे संसद् बैठक
भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने
भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
लहानमा बम विष्फोटमा परी ६ जना घाइते
लहानमा बम विष्फोटमा परी ६ जना घाइते
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला  विजयी ?
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला विजयी ?
नक्कली भ्याटबिलमा तानिए सेनाका ठेकेदार

तपाईंले छुटाउनुभयो कि?