मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०७४
|
|
९६८ पटक हेरिएको
Shares
मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा

सारांश

  • अभिनेत्री रेखा थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरको उमेद्वारमा सिफारिस गरेको सँगै हालै भएको एकता महाधिवेशनबाट राप्रपाको केन्द्रीय सदस्य बनेकी थापाले पार्टीले आफूप्रति देखाएको विश्वासबाट निकै खुसी भएको प्रतिक्रिया दिइन्।
  • ‘यो मेरो मात्र खुसीको कुरा होइन,’ थापाले भनिन्, ‘देशमा मेरो उमेरका धेरै युवा निराश छन्।
  • मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो।

अभिनेत्री रेखा थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरको उमेद्वारमा सिफारिस गरेको सँगै हालै भएको एकता महाधिवेशनबाट राप्रपाको केन्द्रीय सदस्य बनेकी थापाले पार्टीले आफूप्रति देखाएको विश्वासबाट निकै खुसी भएको प्रतिक्रिया दिइन्।

‘यो मेरो मात्र खुसीको कुरा होइन,’ थापाले भनिन्, ‘देशमा मेरो उमेरका धेरै युवा निराश छन्। मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो। मेरो उमेद्वारीले युवाहरुमा उत्साह बढाउनेछ।’राजनीतिमा भर्खरै लागेकाले उपमेयरका लागि आफूलाई परिपक्व मान्नुहुन्छ त? भन्ने प्रश्नमा थापाले ‘रेखा थापाका लागि यो प्रश्न नै गलत’ भएको बताइन्। ‘राजनीति हरेक मान्छेले जन्मजातै सिक्ने कुरा हो,’ उनले भनिन्, ‘यदि म इन्जिनियरिङ, चिकित्सालगायत पेशाबाट आएको भए मिडियाले यो प्रश्न सोध्ने थिएन। म सिनेक्षेत्रबाट आएकाले मात्र यो प्रश्न सोधिएको हो।’फिल्मक्षेत्रमा आफू १५ वर्षदेखि सक्रिय मात्र नभई फिल्मक्षेत्रको नेतृत्व नै सम्हाल्दै बताउँदै रेखाले फिल्म क्षेत्रको परिपक्वता नै राजनीतिका लागि चाहिने परिपक्वता भएको बताइन्। ‘मैले यो देशमा तीस वर्ष बिताइसकेको छु,’ उनले फेरी भनिन्, ‘फिल्मक्षेत्रमा १५ वर्षभन्दा बढी बिताएँ। यो तीस वर्षमा मैले समाजको हरेक पक्षलाई नियाल्दै आएको छु। उनले उमेरसँगै कुन सही र कुन गलत भन्ने कुरा सिकेको बताइन्।

‘फिल्मक्षेत्रमा १५ वर्षदेखि दर्शकको मनोविज्ञान बुझेर काम गरेँ र सफल पनि भएँ। अहिले राजनीतिमा चाहिने भनेको पनि जनताको मनोविज्ञान बुझ्न सक्नु हो’, उनले भनिन्, ‘ यसका लागि म परिपक्व छु। परिआएमा रेखा थापाले जुनसुकै क्षेत्र सम्हाल्न सक्छे।’माओवादी शान्तिप्रक्रियामा आइसकेपछि प्रचण्ड र रेखा थापा सँगै नाचेको प्रसंगपछि उनको नाम राजनीतिमा बढ्तै जोडिँदै आएको हो। आफ्ना मन्तव्यमा उनले त्यतिबेलैदेखि राजनीतिक शब्दावली प्रयोग गर्न थालेकी हुन्। माओवादीको सदस्यता लिएको बताइए पनि उनले भने राप्रपाअघि कुनै पार्टीको सदस्यता नलिएको दाबी गर्दै आएकी छन्। राप्रपा प्रवेशसँगै महाधिवेशनमा उनले महिलातर्फ केन्द्रीय सदस्यमा जितेकी हुन्। थापाले आफू पार्टीको असल सिपाही भएको बताउँदै आफ्ना लागि पार्टीको जुनसुकै निर्णयलाई स्वागत गर्ने बताइन्।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Min Gurung

    Jiteu bhane ta janata ko sewa garne ki film banaune ho kunni?

    Comment Author

    Gyan Bohara

    येत्तिकै चटक देखाउने गर्थियेउ अब राजनितिमा गयेर देखाउ।

    Comment Author

    Hira Gharti

    Gafai ta hun

    Comment Author

    Anubhav Timilsina

    Pagal vaisako ho ki k ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?