रेखा थापा राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने “मुडमा”

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
२० पटक हेरिएको
Shares
रेखा थापा राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने “मुडमा”

सारांश

  • काठमाडाै, १८ जेठ ।
  • चर्चित नायिका रेखा थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी छिन् ।
  • नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श अनुसार उनी राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी हुन् ।

काठमाडाै, १८ जेठ । चर्चित नायिका रेखा थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी छिन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श अनुसार उनी राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी हुन् ।

तत्कालिन माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी रेखा केही दिनमै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेको स्रोतले बतायो ।

माओवादी त्यागेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी रेखा राप्रपा फुटेपछि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिइन् ।

नेकपाका अध्यक्ष प्रचण्डसँगको भेटपछि उनी नेकपामा आउने मनस्थितिमा पुगेको स्रोतले बतायो । भेटमा प्रचण्डले राजनीतिमा स्थिर भएर बस्न रेखालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?