हत्या गरिएको युवकको पहिचान भयो ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
हत्या गरिएको युवकको पहिचान भयो ।

सारांश

  • गौशाला, ४ असार ।
  • जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत कुटमेश्वरी नदी किनारमा घाँटी रेटेर हत्या गरी फालिएको युवकको पहिचान भएको छ ।
  • हत्या भएका सो युवक जिल्लाको महोत्तरी गाउँपालिका १ पर्सा गाउँ बस्ने ताहिर नदाफका छोरा २२ वर्षीय नजाम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

गौशाला, ४ असार । जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत कुटमेश्वरी नदी किनारमा घाँटी रेटेर हत्या गरी फालिएको युवकको पहिचान भएको छ ।

हत्या भएका सो युवक जिल्लाको महोत्तरी गाउँपालिका १ पर्सा गाउँ बस्ने ताहिर नदाफका छोरा २२ वर्षीय नजाम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

प्रहरी उपरीक्षक लम्सालका अनुसार शनिवार साँझ ७ बजेदेखि घरबाट गायब रहेका नजामको आज बिहान आफ्नै घरभन्दा २०० मिटर उत्तरमा रहेको कुटमेश्वरी नदीको बाँधमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

लाशको प्रकृति हेर्दा ४÷५ जना व्यक्तिले युवक नदाफलाई समातेर घाँटी रेटी हत्या गरेको हुन सक्छ, प्रहरी उपरीक्षक लम्सालले भन्नुभयो– घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरु गरिसकेको छ ।

मृतक युवकको शव स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?