संसदीय टोली न्यूयोर्कतर्फ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
२७ पटक हेरिएको
Shares
संसदीय टोली न्यूयोर्कतर्फ

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्कतर्फ प्रस्थान गरेको छ ।
  • संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन उनीहरु त्यसतर्फ गएका हुन् ।

काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्कतर्फ प्रस्थान गरेको छ ।

संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन उनीहरु त्यसतर्फ गएका हुन् ।

टोलीमा नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा र संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे रहेका सचिवायलको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । उक्त छलफल यही आसार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?