बन्दुकधारीद्वारा नाइजेरियामा २५ को हत्या
सारांश
- काठमाडौं ।
- नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी २५ जनाको मृत्यु भएको छ ।
- जाम्फारा राज्यको तीन वटा समुदायमाथि भएको आक्रमणमा परी १२ जना भन्दा बढी घाइते भएका छन् ।
काठमाडौं । नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी २५ जनाको मृत्यु भएको छ । जाम्फारा राज्यको तीन वटा समुदायमाथि भएको आक्रमणमा परी १२ जना भन्दा बढी घाइते भएका छन् । बिर्नीन मागाजी क्षेत्रमा बुधबार पछिल्लो आक्रमण भएको हो ।
नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा विगत छ महिनादेखि शृङ्खलाबद्ध रूपमा आक्रमण हँुदै आएको छ । स्थानीय बासिन्दाले घटनामा पीडितका अधिकाँश खेतबारीमा काम गर्ने किसान तथा मजदुर रहेको जनाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया